धनगढीमा रक्तदान कार्यक्रम आयोजना, २१ पिन्ट रगत सकंलन
2020/09/16, 4:10
 
donation

कोरोना भाईरसको संक्रमण बढ्दै गएका बेला रतगको अभाव हुन नदिन धनगढीमा रक्तदान गरिएको छ । लायन्स क्लब अफ धनगढी सिटि र धनगढी युवा क्लवको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा २१ पिन्ट रगत सकंलन भएको धनगढी युवा क्लबका अध्यक्ष मोहनराज ओझाले जानकारी दिए । उनका अनुसार कोरोना महामारीका बेला कसैले पनि रगत अभावका कारण ज्यान गुमाउन नपरोस भन्ने उद्देश्यले रक्तदान कार्यक्रमको आयोजना गरिएको हो ।

बार्षिक कार्यक्रम अनुसार लायन्स क्लब अफ धनगढी सिटी र धनगढी युवा क्लबले विभिन्न सामाजिक कार्यक्रम गर्दै आएका छन ।