
सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु भएको छ। धनगढी उप- महानगरपालिका ५ की ५७ बर्षीया संक्रमित महिलाको आज साँझ उपचार कै क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले जानकारी दिए।

मृतकलाई भदौ १७ गते कोरोना पुष्टि भएको थियो । कडा खालको लक्षण देखिएपछि १९ गते अस्पतालमा भर्ना गरिएको थियो। मृतकको भेन्टिलेटरमा राखेर उपचार भैरहेको थियो । संक्रमितको प्लाज्मा थेरापीमार्फत उपचार भएको थियो ।
मृतकलाई रेम्डेसिभिर औषधि समेत प्रयोग गरिएको सुचना अधिकारी श्रेष्ठले बताए । योसँगै सुदूरपश्चिममा संक्रमित मृतकको संख्या १५ पुगेको छ ।

2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/09/03, 4:59
2022/07/07, 6:51
2023/11/11, 2:22
2020/06/29, 7:10
2020/11/07, 7:54