नेपालमा सङ्क्रमितकाे सङ्ख्या ४ सय ८७ पुग्याे
2020/05/22, 1:00
 
korona

नेपालमा थप ३० जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमित व्यक्तिहरुको संख्या ४ सय ८७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ र भरतपुर अस्पतालमा गरिएको परीक्षणमा थप ३० जनामा संक्रमण पुष्टि भएको हो।  नवलपरासी विनय त्रिवेणी गाउँपालिकाका ४५ बर्षीय पुरुष, भरतपुर महानगरपालिका निवासी ७४ बर्षीय पुरुष र ७३ बर्षिय महिला, नवलपरासी सुस्ता गाउँपालिका निवासी ३३ र ३५ बर्षीय पुरुष, १५ बर्षीय महिला, कपिलवस्तु निवासी २४, २५, २७, २९, ३४, ३६, ४५, ५३ बर्षीय पुरुष, ८ बर्षीय बालिका, सर्लाही निवासी ८, ९, ११, १३, १४, २२, २२, २४, २५, २५, २७, ३२, ३४, ३४, ३५, ३८, ३८, ३८, ३९ बषीय पुरुषहरु र १८ बर्षीय महिलामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डाक्टर समरि अधिकारीले ले संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य छ भने उनीहरु सबै स्वास्थ्यकर्मीको निगरानीमा छन्।