कैलालीमा अझै खुकुलो बनाईयो आजदेखि निषेधाज्ञा, के गर्न पाईन्छ के पाईदैन ?
2020/09/17, 9:15
 
corona

कैलालीमा पछिल्लो पटक थप गरेको निषेधाज्ञा हिजो मध्यरातिदेखि सकिएपछि आजदेखि थप खुकुलो बनाउँदै निषेधाज्ञा जारी भएको छ । प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले आदेश जारी गर्दै निषेधाज्ञा अझै खुकुलो बनाएका हुन् ।  स्थानीय प्रशासन ऐन २०२८ र संक्रामक रोग २०२० बमोजिक थप खुकुलो पार्दै निषेधाज्ञालाई अर्को सूचना जारी नभएसम्मका लागि लम्ब्याईएको हो ।

आजदेखि सार्वजनिक सवारी साधनको जोरबिजोर प्रणाली हटाइएको छ भने ५० प्रतिशत यात्रु मात्रै बोक्न पाईने भएको छ । यात्रु बोक्दा चालक र चालक दलका सदस्यहरुले भाईजर, पञ्जा र मास्को अनिवार्य प्रयोग गर्नुपर्ने छ भने यात्रुलाई पनि मास्क अनिवार्य प्रयोग गर्न लगाउन पर्नेछ । तोकिएको भाडामा अधिक्तम ५० प्रतिशत थप भाडा लिन पाईने प्रमुख जिल्ला अधिकारी बोहराद्वारा जारी आदेशमा उल्लेख छ । स्वास्थ्य सेवा लगायतका अत्यावश्यक सेवा यथावत रुपमा सञ्चालन गर्न पाईनेछ । 

जनस्वास्थ्यको मापदण्ड पूरा गरी व्यापार, व्यवसाय पनि यथावत रुपमा सञ्चालन हुने छ भने होटल रेष्टुरेन्ट भीडभाड नहुने गरी सञ्चालन गर्न पाईनेछ । शैक्षिक सस्था, प्रशिक्षण केन्द्रहरु, सिनेमा हल, पार्टी प्यालेस, फनपार्क, रंगशाला, फुटसल, खेलकुद स्थल, सैलुन, ब्यूटीपार्लर, स्वीमीङ पुल, जिमखाना, फिटनेस सेन्टर, सैलुन लगायतका सेवा तथा स्थलरुह सञ्चालन गर्न पाईने छैन् ।

सभा, सम्मेलन, भेला, गोष्ठी लगायतका सामूहिक गतिविधि गर्न पनि रोक लगाइएको छ । सरकारी कार्यालय भीडभाड नहुने गरी सञ्चालनको व्यवस्था मिलाउन आदेश दिईएको छ । बैंक तथा वित्तिय संस्था पनि भीडभाड नहुने गरी सञ्चालन गर्न आदेश दिईएको छ । उद्योगहरु नेपाल सरकारबाट निर्धारित वाणिज्य तथा आपूर्ति सम्बन्धी सुरक्षा मापदण्ड अपनाएर सञ्चालन गर्न अनुमति दिईएको छ । राति १० बजेदेखि विहान ५ बजेसम्म भने अत्यावश्यक काम बाहेक हिडडुल गर्न रोक लगाइएको छ ।

2