
जिल्ला अस्पताल बैतडीमा स्थापना भएको कोरोना परीक्षण प्रयोगशालाको आज उद्घाटन गरिएको छ । प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री माया भट्टले उद्घाटन गरेका हुन् ।

सुदूरपश्चिम प्रदेश सरकारको ४० लाखको लागतमा प्रयोगशाला स्थापना भएकोे अस्पताल व्यवस्थापन समितिका अध्यक्ष पार्वती भट्टले बताईन् । बैतडीमा परीक्षण सुरु भएसंगै डडेल्धुरा र कैलालीमा स्वाब पठाउनुपर्ने अवस्था हट्ने विश्वास गरिएको छ ।
पीसीआर प्रयोगशाला कोरोना परीक्षणका लागि मात्रै नभएर अन्य रोगको पहिचानका लागि पनि सहज हुने स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए ।

2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/09/03, 4:59
2022/07/07, 6:51
2023/11/11, 2:22
2020/06/29, 7:10
2020/11/07, 7:54