अशिक्षित बुबाको प्ररेणाले प्रदेश हाकिरहेका कान्छा बैंकर
2020/09/17, 1:33
 
megraj khadka

सीताराम ओझा- धनगढीमा मेघराज खड्का उमेरले ३४ बर्ष पुगे । बैंकतिर काम गर्न थालेको पनि उमेरको झण्डै आधा हारहारी नै हुन लागेको छ । १४ बर्षदेखि उनी बैंकिङ करियरमा रमाईरहेका छन् । सुदुरपश्चिम प्रदेशमा सानिमा बैंकको प्रदेश प्रबन्धकको जिम्मेवारीमा छन् उनी पछिल्लो एक बर्षदेखि ।

2

4

सानिमा काम थालेको ६ बर्ष वितेको छ भने धनगढीमा काम गरिरहेको ५ बर्ष भयो । ३४ बर्षको उमेरमा प्रदेश प्रबन्धक हुने हुने संम्भवत कान्छा बैंकर हुन् । धनगढीका अधिकांश बैंकहरुमा ४० बर्षको हाराहारी केही बर्ष कम केही बर्ष वढीकाले प्रदेश हाकिरहेका छन् । उनी अहिलेसम्म जानकारी आएसम्मका कान्छा प्रदेश प्रबन्धक हुन् ।

4

उमेर र अनुभवले जिम्मेवारी पाउनु त छदैछ त्यसमा राम्रो काम देखाउन सकेमा पनि उमेरले छेक्दैन भन्ने पाठ मेघराज खड्काबाट सिक्न सकिन्छ । सुदुरपश्चिममा कारोवार सुरु गरेको सानिमा बैंकले सात बर्ष भयो । यो अवस्थामा बैंकका सात वटा शाखाहरु खुलेका छन् । बैंकले राम्रो ब्रान्ड ईमेज बनाउन सफल भएका छन् उनी ।

2

3

धनगढी, टीकापुर, महेन्द्रनगर, वौनिया कैलाली कञ्चनपुरमा रहेका शाखा हुन् भने हिमाली गाउँपालिका, भागेश्वर गाउँपालिकामा शाखा छन् बैंकमा पहाडी क्षेत्रका ती शाखाहरुले पनि राम्रै गरिरहेका छन् । बजारमा पनि प्रभाव जमाउन सफल भएको मान्छन् मेघराज । सेवा क्षेत्रको बजारमा ग्राहकहरुको माया, बैंकका कर्मचारीहरुको टीम ईफोर्ट र टप म्यानेजमेन्टको सहयोगले नै आजको दिनसम्म आईपुगेको बताउँछन् उनी ।

2

तीन कुराको समिश्रणले नै बैकिङ क्षेत्रमा अगाडी बढिरहेका छन् । स्थानीय भएकै कारण पनि उनलाई यो क्षेत्रमा जम्न अझ सजिलो भएको हो । लगाव, मेहनत र ईमान्दारिता भएमा अगाडी वढ्न सकिन्छ भन्ने मान्छन् उनी । लजिकल एनालाईसिस गर्न सक्ने क्षमता भएमा जुनसुकै कठिन काम गर्न सकिने विश्वास मान्छन् उनी । काममा मेहनत गर्दै ईमान्दार भएकै कारण  यसलाई पनि प्यासन बनाएर नै अगाडी बढिरहेका छन् । बैंकमा काम थालेको दिनदेखि आजसम्म उज्यालोमा घर गएको एक दिन पनि छैन् उनको । 

1

4

धनगढीको झलारी (एयरपोर्ट नजिक) मा उनको परिवारको वसाई छ । उनी जन्मिएको पनि त्यही । बुबा आमा अशिक्षित नै हुन् । सानो तिनो व्यापार गर्न थालेका थिए यहीबाट । तर सफल भएनन् उनका बुबा व्यवसायमा । तर जे जसो भनि छोरालाई पढाउनुपर्छ भन्ने सोच थियो उनको । जसोतसो गरेर दुःखमै भएर पनि पढाए छोरालाई । पढाएमा राम्रो हुन्छ भनेर उनको मनमा बिजेको थियो ।

1

त्यही भएर पनि छोरालाई जसरी पनि पढाउँछु भन्ने अठोट गरे । पढाए पनि । त्यही बुबाको प्रेरणाले नै बैंकर बनेका हुन् मेघराज खड्का । बुबाकै प्ररेणाले नै स्थानीय प्राईम रोज स्कुलमा भर्ना भए । त्यसपछि चटकपुरको ब्रोड भिजन एकेडेमीमा पढे ।

4

4

बोर्डिङ स्कुलमा राम्रो पढाई हुन्छ भनेर दुःख गरेरै पढाए उनका बुबाले । त्यहाँबाट एसएलसी पास भएर कैलाली बहुमुखी क्याम्पसमा ईन्टर पढे । स्नातक र स्नाकोत्तर पास कैलाली बहुमुखी क्याम्पसबाट नै गरे ।

2

ईन्टर सक्ने वित्तिक्कै उनको बैंकिङ करियर सुरु भएको थियो । मालिका विकास बैंकमा विज्ञापन खुलेको देखेपछि उनले आवेदन दिए । ६ जनाका लागि जागीर खुलेको थियो । एक हजार जनाले आवेदन दिएका थिए । उमेरले पनि निकै पाका थिए परिक्षा दिने बखत । के नाम आउँला धेरै पढेका रैछन भन्ने सोचे । तर परिक्षाको प्रश्नपत्र आउँदा अधिकांश प्रश्न लेखे ।

4

3

4

भरखरै ईन्टर पास गरेका कारण पनि सहज माने । प्रायः सबै प्रश्नको उत्तर लेखे । नतिजा आयो मेघराज खड्काको नाम पनि थियो । जागीर सुरु भयो उनको मालिका विकास बंैकमा । टेलर भएर फ्रन्ट लाईनमा काम गरे उनले पाँच बर्ष जति । वढुवा भएर अफिसर भए पनि । सिनियर अफिसरसम्म पुगे । विकास बैंकमा काम गरेपछि वाणिज्य बैंकतिर काम गर्न पाए पनि हुन्थ्यो लाग्यो । अहिलेको एनआईसी एसिया बैंक, त्यो बेलाको बैंक अफ एसियामा जागीर थाले ।

4

अस्पताल लाईनमा तीन बर्ष काम गरे । दुई बर्षसम्म काम गरेपछि उनलाई शाखा प्रबन्धकको जिम्मेवारी दिईयो । बैंक मर्ज भएपछि एनआईसि एसियाको लमही शाखामा शाखा प्रबन्धक भएर गए ।

3

4

आधा बर्ष जति काम गरे त्यहाँ । त्यहाँ काम गर्ने क्रममै उनलाई सानिमा बैंकबाट अफर आयो । केही चिनेका सिनियरहरुले पनि उनका वारेमा राम्रो भनि दिए ।

2

सानिमा बैंकमा महेन्द्रनगरमा शाखा प्रबन्धक भएर काम गरे । एक बर्ष जति काम गरे । त्यसपछि धनगढी शाखामा प्रबन्धक भएर आए । त्यसपछि उनी धनगढीमै छन् । पछिल्लो एक बर्षदेखि प्रदेश प्रबन्धक भएर जिम्मेवारी निभाईरहेका छन् मेघराज । बैंकिङ क्षेत्रमा जमिरहेका उनले सुरुवातमा स्कुल पनि खोलेका थिए ।

2

2

परिवारका सदस्यहरु मिलेर खोलेको स्कुलको प्रिन्सिपल नै भए डेढ बर्षसम्म । ईन्टर पढ्ने वेलासम्म घरमै ट्युसन पढाएर पनि कमाई गरे । बैंकिङ करियरसँगै पारिवारिक जीवन पनि सँगै वितिरहेको छ उनको । दुबै दम्पति नै बैंकर हुन् उनका । श्रीमति पनि महालक्ष्मी विकास बैंकमा काम गर्छिन् विगत ११ बर्षदेखि ।

4

एक छोरा र छोरी छन् उनीहरुका । श्रीमति हिरा बोहोराले बैंकको कामसँगै घर परिवार र छोरा छोरीहरुको स्याहार सुसार गरिरहेकी छिन् । उनकै सपोर्टले काममा डेलिगेसन भएर लागिरहेका छन् उनी । आगामी दिनमा मेघराज खड्कालाई उत्तरोत्तर प्रगतिको कामना ।

4 

3