जटिल शल्यक्रियामा जमेका डाक्टर दम्पति
2020/09/19, 11:09
 
doctor dampati

सीताराम ओझा

शल्यक्रियाः ०१
डोटीको साजघाटकी ४३ वर्षीया उत्तरा बोगटीको पाठेघरको धनगढीमै जटील शल्यक्रिया भयो । पाठेघरमा आन्द्रा, अण्डाशय र पिसावथैली टाँसिएर समस्यामा रहेकी उनको धनगढी स्थित निसर्ग अस्पतालमा शल्यक्रिया भयो । धनगढीमै अप्रेसन भएपछि टाढा जानुपर्ने आवश्यकता नभएको र अत्यत्र जाने आउने पैसाको बचत भएको बोगटीले बताइन् । यो जटिल शल्यक्रियामा सहभागी थिए स्त्रीरोग विशेषज्ञ डाक्टर नजमुस्सबा अन्सारी, वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डा. मिराज आलम अन्सारी एनेस्थेसियोलोजिस्ट डाक्टर हेमन्त ओझा लगायतको टिम । 

1

1

शल्यक्रियाः २
सुदुरपश्चिम प्रदेशमै पहिलो पटक दुरबिन प्रविधिबाट पाठेघर भित्रको परिक्षण तथा उपचार गर्ने हिस्टेरोस्कोपी सेवा धनगढीमा उपलब्ध छ । बिरेन्द्रनगर नगरपालिका, सुर्खेत घर भएकी ३१ वर्षकी प्रतिभा थापा (नाम परिवर्तित) को सो परिक्षण एवम् उपचार भयो । ३ वर्षदेखि बाँझोपनको समस्याबाट आजित भएकी उनी उपचारका लागि कोहलपुर, नेपालगन्ज पनि पुगेकी थिईन् । त्यहाँ हरेक पटक जाँदा औषधी मात्र दिने, विभिन्न जाँचहरु गर्दा समेत समस्या के हो भनेर पत्ता नलाग्ने र समाधान नभएपछि उनी धनगढी आएकी थिईन् ।

2

दुरबिन प्रविधिबाट गरिने हिस्टेरोस्कोपीबाट उनको दायाँ डिम्ब बाहिनी नलिको मुख बन्द भएको देखियो । दुरबिन प्रविधिकै माध्यमबाट बिना चिरफार (घाउ नबनाई) उनको बन्द भएको नलीको मुख खोलियो । यस किसिमको परिक्षण तथा उपचार प्रविधि बाझोपनको समस्या थाहा पाउन, डिम्ब बाहिनी नलीको मुख बन्द भएको हेर्न र खोल्न, पाठेघर भित्र मासु पलाएको हेर्न र फाल्न, ट्युमर भएको हेर्न र निकाल्न, पाठेघरको मुख र प्वाल चिप्किएको हेर्न र खोल्न, पाठेघर सम्बन्धी समस्यामा बायोप्सी जाँचहरु गर्न र अन्य थुप्रै अवस्थामा समेत यो परिक्षण तथा उपचार पद्धति लाभदायी हुने गर्छ । उनको उपचारमा वरिष्ठ स्त्री तथा प्रसुती रोग विशेषज्ञ प्राधानाध्यापक डाक्टर नजमुस्सबा अन्सारी लगायतको टिम खटिएको थियो ।

1

1

शल्यक्रियाः ३
कैलालीको धनगढी स्थित निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टरमा एक महिलाको पेटबाट ६ किलोको मासुको डल्लो निकालियो । कैलालीको भजनी नगरपालिका ६ की २९ बर्षीया रत्ना चौधरीको पेटबाट मासुको डल्लो निकालिएको हो । गाउँघरमा झारफुकबाट ठिक नभएपछि कोहलपुर गएर एमआरआई गरेपछि मात्रै पेटमा मासुको डल्लो भएको थाहा भएको थियो ।

2

मासुको डल्लोले पाठेघरलाई च्यापिसकेको रहेछ । डाक्टरले मासुको डल्लो निकाल्दा बच्चादानी पनि निकाल्नु पर्ने हुन सुझाव दिए । सुरुमा पेट बढदै गएपछि अनेक औषधि र झारफुकमा लागे पनि चौधरीको पेट झन ठूलो हुँदै गएको थियो । स्त्रीरोग विशेषज्ञ डाक्टर नजमुस्सबा अन्सारी, बरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर मिराज आलम अन्सारी एनेस्थेसियोलोजिष्ट डाक्टर हेमन्त ओझा लगायतको टिमले रानाको सफल सल्यक्रिया गर्यो । 

4

1

माथि उल्लेख गरिएका शल्यक्रिया गर्ने स्त्रीरोग विशेषज्ञ डाक्टर नजमुस्सबा अन्सारी, बरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर मिराज आलम अन्सारी पेशाले डाक्टर भएपनि नाताले श्रीमान श्रीमति हुन् । उनीहरु पछिल्लो केही बर्षदेखि धनगढीमा सफल शल्यक्रिया गर्ने दम्पतिको रुपमा स्थापित भईरहेका छन् । एमडी गरेको दम्पतिले धनगढीमै जटिल शल्यक्रिया गरिरहेका छन् । सुदुरपश्चिमका मात्रै नभएर नेपालगंजसम्म पनि गर्न सकिदैन भनेर फर्काईएकाहरुको उनीहरुले अप्रेशनहरु गर्दै आएका छन् । उनीहरुको आँटले अकालमै ज्यान गुमाउनबाट धेरै जना बँचिरहेका छन् भने सस्तोमा बिना झन्झट स्वास्थ्य सेवा पाईरहेका छन् ।

1

2

स्त्रीरोग विशेषज्ञ डाक्टर नजमुस्सबा अन्सारी नेपालगंजमा हुर्केकी, पढेकी, काम गरेकी र चिकित्सकहरुलाई पढाउथिईन् भने धनगढीका बरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर मिराज आलम अन्सारी उच्च शिक्षा काठमाण्डौंमा पढेर कोहलपुरमा कामकाज गर्दै डाक्टरहरुलाई पढाउँदै आएका थिए । दुबै जना वैवाहिक जीवनमा बाँधिएपछि कार्यरत क्षेत्रलाई धनगढी बनाईरहेका छन् भने जटिल र गम्भीर अवस्थाका विरामीहरुको उपचारमा आफ्नो क्षमता देखाईरहेका छन् । मुस्लिम समुदायका दुवै जनाको पुख्र्यौली पेशा व्यापार हो । तर उनीहरु आफ्नो पहिचान र काम फेरेर विरामीहरुलाई सेवा दिईरहेका छन् । 

1

बरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर मिराज आलम अन्सारी सेती प्रादेशिक अस्पतालमा कार्यरत रहेका छन भने स्त्रीरोग विशेषज्ञ डाक्टर नजमुस्सबा अन्सारी निसर्ग हस्पिटल र सिटी पोलि क्लिनिकमा कार्यरत छिन् । यसअघि उनी पनि सेतीमै थिईन् तर वाध्यता र पारिवारिक कारणले निजि अस्पतालमा कार्यरत रहेकी छिन् । 

2

2

२०३२ सालदेखि धनगढीमै हार्डवेयर व्यवसाय गरिरहेको थियो डाक्टर मिराजको परिवार । वाल्यकालका केही बर्ष धनगढीमै पढे । बिचमा पढाईका लागि नैनीताल गए । फेरि धनगढी फर्किए । जेसिज एभरेष्ट स्कुलबाट एसएलसी पास गरे । प्लट टु काठमाण्डौंको डनबस्को कलेजमा गरे । त्यसपछि उनी अष्ट्रेलिया जाने सोचमा थिए । उनका साथीहरु पनि उतै गईसकेका थिए । रहर थियो फेशन डिजाईन पढ्ने । तर उनका हजुर बुबा नातिले डाक्टर पढ्नुपर्ने अडानमा थिए । हजुर बुबाको अडानलाई सुरुमा त उनले वास्ता गरेनन् । तर पछि हजुर बुबाले अत्ति गरेपछि उनी एमबीबीएस पढेका हुन् ।

2

एमबीबीएसको पढाई मरिससमा गरे । पढेर फर्किएपछि बीर अस्पतालमा ईन्टरसीप गरे । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पनि काम गरे । त्यसपछि मेराज महेन्द्रनगरको नागार्जुन अस्पतालमा काम गर्न आए । २० महिना काम गरे । त्यसपछि उनी एम.एस पढाई गर्न नेपालगंज मेडिकल कलेजमा भर्ना भए । पास पनि भए । कामसँगै लेक्चरको रुपमा मेडिकल कलेजमा काम पनि गरे तीन बर्ष । सेती अस्पतालमा सर्जनको रुपमा एक्ला डाक्टर थिए डाक्टर विएस बोहोरा । एक्लैलाई काम गर्न पनि गाहे ।

2

अलि जटिल र कृटिकल विरामीहरुको शल्यक्रिया हुने अवस्था थिएन् । विरामीहरुलाई उपचारका र शल्यक्रियाका लागि अन्त पठाईने गरेको थियो । डाक्टर बोहोरासँग कुराकानी भयो । उनी सेतीमा आउन तयार भए । तर उनलाई यहाँ आउन प्रोसेस मिलाउनै सात आठ महिला लागेको थियो । बल्ल बल्ल धनगढी आए । काम थाले सेतीमा । उनी अहिले पनि निरन्तर काम गरिरहेका छन् सेतीमै । निजि अस्पताल र क्लिनिकमा पनि जटिल शल्यक्रियाका लागि उनलाई नै बोलाउने गरिन्छ ।

2

4

हजुर बुबाको सपना साकार पार्न डाक्टर बनेका उनी अहिले उही फिल्डमा रमाएका छन् । जुन क्षेत्रमा लागियो, त्यही क्षेत्रमा राम्रो काम गर्नुपर्छ भनेर लागिहेका छन उनी । काम पनि देखाईरहेका छन् । सयौं विरामीहरुलाई  सेवा पनि दिईरहेका छन् । उनी आएपछि ठुला शल्यक्रियाहरु भएका छन् । दुरविन विधिबाट पित्थ शैलीको अप्रेशन, आन्द्रा फुटेको, बेरिएको लगायतका धेरै शल्यक्रिया सरकारी अस्पतालमा सुरुवात गरे र ती उपचारहरु गर्दै आएका छन् । त्यसका लागि अहिले उपकरणहरु पनि आईसकेका छन् । सर्जरीका लागि चाहिने ८० प्रतिशत कामहरु धनगढीमै हुने गरेको र अन्त जानु नपर्ने बताउँछन् उनी । यसअघि सेतीमा वेहोस गर्ने डाक्टर नहुँदा ठुला र जटिल शल्यक्रिया हुदैनथ्यो तर अहिले अवस्था उल्टो भएको छ । अन्त नभएका जटिल शल्यक्रिया डाक्टर मेराजको टीमले धनगढीमै गरिरहेको छ । 

2

धनगढीमा मात्रै पछिल्लो एक बर्षमा उनले ६ हजारभन्दा वढी शल्यक्रिया गरिसकेका छन् । सेतीमा हप्तामा दुई दिन शल्यक्रिया हुन्छ । त्यो दिनमा १७, १८ वटा अप्रेशन उनी लगायतको टीमले गर्दै आएको छ । हाईड्रोसिल, हर्निया, एपेन्डिस, आन्द्रामा प्वाल परेको, आन्द्रा फुटेको लगायतका धेरै शल्यक्रिया गरिरहेका छन् उनी । अब जटिल शल्यक्रियाको लागि अन्त जानुपर्ने अवस्थाको अन्त्य भएको र धनगढीमै हुने उनको दावी छ । धनगढी मेडिकल हबको रुपमा विकास हुदैं गएकोमा खुशी छन् उनी । यसले विरामीहरुलाई राहत भएको मान्छन् ।

2

1

धनगढीमा जटिल शल्यक्रियाहरु हुन थालेपछि कार्डियो र न्युरो सम्बन्धी उपचार सेवा थप गर्नुपर्ने देखेका छन् उनले । स्वास्थ्य उपचारका प्रायः सबै सेवाहरु थपिएको अवस्थामा अव ती दुई सुविधा दिन सकेमा राम्रो हुने उनको तर्क छ । मुटु सम्बन्धी समस्याका लागि तत्काल रेस्पोन्स गर्ने कार्डियो सेन्टर र न्युरो सर्जिकल सम्बन्धी क्याथ ल्याब भएमा सुनमा सुगन्ध हुने उनको भनाई छ । कुनै समय फेशन डिजाईनर बन्ने सपना वोकेका उनी अहिले विरामीहरुको उपचारमा संग्लन भएपछि स्वास्थ्य क्षेत्रमै रमाएका छन् । यसैमा अझ केही गर्ने उनको सोच छ । 

2

बरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर मिराज आलम अन्सारीसँगै महिलासँग सम्बन्धी जटिल शल्यक्रियामा सक्रिय छिन् स्त्रीरोग विशेषज्ञ डाक्टर नजमुस्सबा अन्सारी । मुस्लिम समुदायका महिलाहरुले मुखमा बुर्का लगाएर हिड्नुपर्ने स्थिति रहँदा उनी भने सेतो कोट लगाएर विरामीहरुको उपचारमा सक्रिय छिन् । उनी बाँकेबाट एमबीबीएस गर्ने मुसलमान समुदायकी पहिलो महिला हुन् । डाक्टर मेराजसँग विवाह भएपछि पछिल्ला बर्षमा उनी धनगढीमा जटिल र कठिन शल्यक्रिया गर्दै महिलाहरुलाई नयाँ जीवन दिईरहेकी छिन् ।सानो उमेरमा उनका अंकलले उनलाई डाक्टर नजमुस्सबा भन्ने गर्थे । तर ती अंकलको उनी नेपालगंज मेडिकलमा उनी ड्युटीमा रहेकी वेला निधन भएको थियो । 

2

2

कक्षा ९ पढ्दादेखि विज्ञानमा रूचि राख्न थालेकी नजमुले नेपालगञ्जको मोर्डन पब्लिक माविबाट २०५३ मा एसएलसी उत्तीर्ण गरेपछि महेन्द्र उच्च माविबाट विज्ञानमा प्लस टु सकिन् ।  व्यापारमा जमेका उनका पिताले डाक्टर पढ्ने एक्ली छोरीको आग्रहलाई एकै पटकमा स्वीकारेपछि नेपालगञ्ज मेडिकल कलेजमा भर्ना भइन । उनले २०६१ मा एमबीबीएस सकिन । त्यहीं काम गर्दै उनले २०६८ मा एमडी पूरा गरिन् । उनलाई पढाउने गुरुमा धवल समशेर पनि एक हुन् । जो अहिले नेपालगंज उपमहानगरपालिकाको मेयर छन् । 

2

आफूले पढेकै नेपालगंज मेडिकल कलेजमा काम र पढाई अगाडी बढाई रहिन । मेडिकल कलेजमा उनले आफुले धेरै काम गर्नु पर्दैनथ्यो । डाक्टरी पास भएर अभ्यास गरिरहेकाहरुले उनलाई सघाउथे । जटिल र क्रिटिकल केसहरुमा मात्रै उनले हात हाल्थिन् । नेपालगंजबाट धनगढी आएपछि भने उनी सबै काम आफैं गरिरहेकी छिन् । सुरुमा सेतीमा कार्यरत उनी अहिले धनगढीको निसर्ग अस्पताल र सिटी पोलिक्लिनिकमा कार्यरत रहेकी छिन् । उनकोमा उपचारका लागि आउने ९० प्रतिशतभन्दा वढी विरामीहरु जटिल प्रकृतिकै छन् ।

4

कतिपय विरामीहरु मेडिकल कलेजमा उपचार गरिएकाहरु छन् । नयाँ विरामीहरुको संख्या निकै न्युन छ । काठमाण्डौं, नेपालगंज रेफर गरिएका केसहरु उनको पुग्छन् । धनगढीका अन्य स्त्रीरोग विशेषज्ञहरुले आफुले गर्न नसक्ने केसहरु अन्तै रेफर गर्छन् । तर उनको पठाउँदैनन् । उनी भने आफु ती केसहरु गर्न सक्षम भएको बताउँछिन् । ती रेफर गरिएका कतिपय केसहरु भने उनको बारेमा बुझेर पनि आउने गरेका छन् । 

2

1

सुदुरपश्चिमका महिलाहरुमा गाईनोसँग सम्बन्धी धेरै समस्या देखेकीछिन् उनले । बच्चादानीमा खराबी, पिप जमेको, सुत्केरीहरुमा रक्तश्राव भएको जस्ता धेरै समस्या भएका महिलाहरु उनको पुग्छन् । पुरुष स्त्रीरोग विशेषज्ञसँग खुलेर भन्न नसकेका समस्याहरु पनि महिला भएको हिसाबलेभन्दा उपचारमा सहजता हुने उनको अनुभव छ । उनले जटिल प्रकृतिका जति केसहरुमा हात हालेकी छिन् अहिलेसम्म एउटा केसमा पनि असफल भएकी छैनन् । उनी धनगढी आएपछि हिस्टस्कोपी, पाठेघर र योनीको दुरविन विधिबाट धनगढीमै उपचार भईरहेको छ । जबकी यो सुविधा नेपालगंजमा समेत छैन् । 

1

महिलाहरु धनगढीमै हुने उपचारका लागि देशका अन्य ठाउँहरुमा जाने र भारतका शहरहरुमा जाने प्रवृति अझैं नरोकिएकोमा उनी चिन्तित छन् । धनगढीमै कम खर्चमा हुने उपचारका लागि अन्यत्र गएर बढी रकम खर्च गर्ने र त्यहाँ पनि उपचार नभएर थप समस्याहरु बल्झिएर आफ्नोमा आएपछि उनले उपचार र शल्यक्रिया गरेकी छिन् । भारतका ठुला शहरमा उपचारका लागि जानु ठीकै भएपनि स साना शहरमा नजान उनको आग्रह छ ।

2

4

त्यहाँ बिग्रिएका धेरै केसहरु पछि उनकैमा आईरहेकोले आफुहरुको क्षमतामा विश्वास गर्न उनी महिलाहरुलाई अनुरोध गर्छिन् । धनगढीको निसर्ग अस्पतालमा धेरै सुविधा र उपकरण भएका कारण अधिकांश जटिल किसिमका शल्यक्रिया उनी त्यही गर्छिन् । दिनमा एक दुई वटा जटिल शल्यक्रिया नगरेको प्रायः दिनै हुदैन । विरामी चेकजाँच र उपचारका लागि दिनमा चालिस पचास जनाभन्दा बढि आउने गरेका छन् । अब उनी धनगढीमा ईन्डो गाईने र निःसन्तान अर्थात बाँझोपनको उपचार उपचार दिने तयारीमा छिन् । त्यसो भएमा कुनै पनि महिलाले अकालमा ज्यान गुमाउनु नपर्ने र उपचारका लागि अन्यत्र जानुपर्ने सबै समस्या समाधान हुने आशा राखेकी छिन् ।

2

स्त्रीरोग विशेषज्ञ डाक्टर नजमुस्सबा अन्सारी, बरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर मिराज आलम अन्सारी वैवाहिक जीवनमा बाँधिएपछि धनगढीमा सँगै बसेर आफ्नो सेक्टरको स्वास्थ्य सेवा दिईरहेका छन् । डाक्टरहरुमाथि हातपात हुने जस्ता घटनाहरु हुने गरेका छन् । तर यो दम्पतिले अहिलेसम्म त्यस्ता घटनाहरुको सामना गर्नु परेको छैन् । उनीहरुले हात हालेका जटिल केसहरुको पनि सफल शल्यक्रिया गर्न सकेकै कारण उनीहरुले यस्ता घटनाको शिकार हुनु नपरेको हो ।

1

उनीहरुकै भनाईमा कुनै पनि डाक्टरले लापरवाही गर्न खोज्दैन् । आफ्नो क्षमताले भ्याएसम्म विरामीलाई बचाउने प्रयासमै हुन्छन् । डाक्टरमाथि हुने यस्ता घटनाहरुलाई रोक्नुपर्छ भन्छन् अन्सारी दम्पति । डाक्टरहरुले गलत गरेको भए त्यसको छानविन हुनुपर्ने, दोषी भए कारवाही पनि हुनुपर्ने पक्षमा छन् उनीहरु तर विना कारण आक्रमण गर्ने कार्यलाई निन्दनीय नै भन्छन् । 

1

डाक्टर अन्सारी दम्पतिका दुई छोरी र एक छोरा छन् । १० बर्षको छोरी, सात बर्षको छोरी र पाँच बर्षको छोरा छन् । पारिवारिक जीवनसँगै स्वास्थ्य क्षेत्रको व्यवसायिक जीवनलाई पनि अघि बढाईरहेका छन् उनीहरु । त्यो पनि निकै सफल र व्यवस्थित रुपमा । डाक्टर अन्सारी दम्पतिलाई आगामी दिनमा उत्तरोत्तर प्रगतिको कामना ।