आइसोलेसनमा संक्रमित लग्दै गरेकाे एम्बुलेन्स दुर्घटना, संक्रमित गम्भीर घाइते
2020/09/20, 6:47

बझाङमा एम्बुलेन्स दुर्घटना हुँदा कोरोना संक्रमित एक जना गम्भीर घाइते भएका छन । जयपृथ्वी नगरपालिकाको एम्बुलेन्स बित्थडचिर गाउपालिका-८ को धरान भन्ने स्थानमा दुर्घटना भएको हो । दुर्घटनामापरी गाउपालिका-७ का ३७ बर्षिया पुरुष गम्भीर घाइते भएका छन ।

भारतबाट आएर क्वारेन्टाइनमा बसेका ती व्यक्तिमा कोरोना पुष्टि भएपछि आइसोलेसनका लागि जिल्ला अस्पताल चैनपुर लैजाने क्रममा एम्बुलेन्स दुर्घटना भएको वडाध्यक्ष प्रसाद बहादुर बिष्टले जानकारी दिए । एम्बुलेन्स चालकलाई भने केहि नभएको उनले बताए ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/01/18, 6:45
2021/08/19, 12:51
2023/07/16, 1:11