जन्मभुमीको मायाले फर्किएर बनेका बैंकर
2020/09/21, 10:17
 
gokul paneu

सीताराम ओझा- उमेरले ४९ बर्ष पुगेका गोकुल प्रसाद पनेरुले सरकारी बैंकमा जागीर थालेको पनि २० बर्ष भईसकेको छ । त्यो वेलाको कृषि विकास बैंक क्षेत्रीय कार्यालय धनगढीमा लेखा अधिकृतको रुपमा बैंकमा प्रवेश गरेका उनी अहिले बैंकको सुदुरपश्चिम निर्देशकको रुपमा प्रदेश कार्यालयमा कार्यरत रहेका छन् ।

2

उनी निर्देश भएर धनगढी आएको पनि धेरै भएको छैन् । गत चैतदेखि प्रदेश निर्देशकको रुपमा धनगढी आएका हुन् । डडेल्धुराको अजयमेरु वडा नम्बर ३ मा जन्मिएका उनको वाल्यकाल गाउँघरमै वितेपनि उच्च शिक्षा भने भारतमा भयो । भारतमा राम्रो कमाई हुँदा हुँदै पनि जन्मभुमीको माया र बुबाको सल्लाहले नेपाल फर्किएर उनी बैंकर बनेका हुन् । 

1

1

एसएलसी पास गर्दासम्म पढ्नका लागि झण्डै एक घण्टा पैदल हिडेको याद अहिले पनि उनको मनमा ताजै छ । उकाली ओरयोग गर्दै अभावै अभावमा विद्यालय तहसम्मको पढाई गरे उनले । डडेल्धुराकै शहस्त्रलिङ माविबाट २०४५ सालमा एसएलसी पास गरे । त्यो वेला एसएलसीको रिजल्ट ढिलो आउने गरेको थियो ।

1

जस कारण भारतमा पढ्नका लागि एक बर्ष खेर जान्थ्यो तर उनको एक बर्ष भने खेर गएन् । एसएलसीको नतिजा गोरखापत्रमा आएको र उनी पास भएको पत्र बनाएर उच्च शिक्षा पढ्नका लागि भारत गए । भारत जानुको कारण थियो बुबा उतै जागीर गर्ने । भारत पढ्नका लागि घरबाट हिडे । तर साउनको महिना बर्षातका कारण गाडी चढ्न समस्या थियो ।

2

1

डडेल्धुरा सदरमुकाममा आफन्तको किराना पसलको पछाडी ओत लागेर रात कटाएका थिए । होटेलमा वस्न पैसा नहुने । भारतबाट बुबाले पठाएको पैसाले घर चलाउन पनि नपुग्ने । डडेल्धुराबाट महेन्द्रनगर गड्डाचौकी हुदैं बसबाट दिल्ली पुगे । त्यहाँबाट २८ घण्टाको रेल यात्रा गर्दै नासिक पुगे ।

1

पुना विश्व विद्यालयबाट ईन्टर स्नातक र डिग्री पुरा गरे । एमबीए अध्ययनसम्म उनी नासिकमै बसे । सबैसँग सजिलै घुलमिल हुने बानीका कारण सात बर्षको बसाई राम्रै भयो उनको । पढाई सकेपछि उनले फिलिप्स ईन्डियामा जागीर पाए । नासिक जसगाउँ र महल क्षेत्रमा मार्केटिङको काम गरे ।

4

4

६ महिना जति काम गरेपछि उनका बुबाले उनलाई नेपाल फर्किन आग्रह गरे । जति ठुलो पदमा काम गरेपनि नेपाली प्रतिको व्यवहार भोग्नुपर्ने र अर्काको देशमा काम गरेर केही नहुने भन्दै जन्मभुमी फर्किने बुबाको आग्रहलाई गोकुलले नकार्न सकेनन् ।

1

आकर्षक तलब सेवा सुविधा सहितको जागीर छोडेर घर फर्किए । केही समय गाउँमै वसे । गाउँको विद्यालयमा शिक्षकको अभाव थियो उनलाई पढाई दिन आग्रह भयो । उनले विद्यालयमा अंग्रेजी विषय ६ महिना जति पढाए पनि । तलब थियो तीन हजार दुई सय । जब कि फिलिप्स ईन्डियामा उनको तलब मासिक पाँच हजार भारतीय रुपैयाँ थियो ।  गाउँबाट काठमाण्डौतिर लागेपछि उनले नेपाल विद्युत प्राधिकरणमा सरकारी जागीरमा नाम निकाले । छैटौ तहमा सह लेखा अधिकृतको रुपमा विद्युत प्राधिकरणमा साढे तीन बर्ष जति काम गरे ।

3

4

कृषि विकास बैंकमा जागीर खुलेको थियो लेखा अधिकृतमा उनले त्यहाँ पनि परिक्षा दिए । पास भए र बैंकिङ जागीर सुरु गरे २०५७ साल माघ १८ गतेदेखि । हुन त जागीरको विज्ञापन २०५५ सालमै भएको थियो । उनले परिक्षा पनि दिएका थिए । तर अस्थिरताले नतिजा आउन ढिलाई भयो ।

1

२०५७ सालमा नतिजा आएपछि उनी मौखिकमा पनि पास भएर बैंकको जागीर सुरु गरे कृषि विकास बैंक क्षेत्रीय कार्यालयमा एक तह वढुवा हुने गरी सातौं तहमा लेखा अधिकृत पदमा । ६ महिना जति क्षेत्रीय कार्यालयमा काम गरेपछि बैंकको क्याम्पसरोड शाखा, तालिम केन्द्रमा साढे तीन बर्ष विताए । २०६१ सालमा काठमाण्डौंको कालिमाटी शाखामा ऋण अधिकृतको रुपमा सरुवा भए । बैंकको मुख्य कार्यालयमा जोखिम व्यवस्थापन विभागको पनि जिम्मेवारी सम्हाले ।

1

त्यसपछि नवौ तहमा वढुवा हुदैं महेन्द्रनगर शाखाको प्रबन्धक भएर सुदुरपश्चिम फर्किए । नौ महिनाको महेन्द्रनगर वसाईपछि फेरि मुख्य कार्यालयमै हिसाब मिलान विभागको नेतृत्व गरे । शाखा प्रबन्धक भएर कोटेश्वरमा ६ महिना कलंकीमा १४ महिना जिम्मेवारी निभाए ।

6

4

कृषि विकास बैंकको मुख्य शाखाको रुपमा बागबजार शाखामा मुख्य शाखा प्रबन्धक भएर पनि काम गरे । त्यसपछि उनी आफैं सरुवा मागेर धनगढी आएर प्रदेश निर्देशकको रुपमा केही महिनादेखि काम गर्दै आएका छन् । बैंक र विद्युत प्राधिकरणमा जागीर गर्दाको फरक अनुभव छ । विद्युत प्राधिकरणमा मोनोपोली जस्तै छ भन्छन् ।

1

जति शुल्क निर्धारण गरियो । उती नै तिर्नुपर्ने बाध्यता छ । तर बैंकमा त्यसको ठीक उल्टो छ । बैंक क्षेत्रमा ठुलो प्रतिस्पर्धा छ । बचत र कर्जाका व्याजदरमा पनि प्रतिस्पर्धा छ । अप्ठेरो अवस्थामा पनि आफ्ना ग्राहकलाई बचाएर राख्नु नै असल प्रबन्धक र प्रशासकको सफलता मान्छन् उनी । सुचना प्रविधि अनुसार बैंकिङ सेवाको विस्तारसँगै तिव्र प्रतिस्पर्धाबा बीच कृषिलाई नछोड्ने अरु क्षेत्रलाई जोड्ने निति अनुसार अगाडी बढिरहेको उनको भनाई छ । 

4

4

पनेरुको मातहतमा अहिले २५ वटा बैंकिङ कारोवार गर्ने शाखा, एउटा प्रदेश कार्यालय र एउटा तालिम केन्द्र रहेको छ । कृषि विकास बैंकका सुदुरपश्चिमभरी झण्डै दुई लाखभन्दा बढी ग्राहकलाई सन्तुष्ट बनाउने गरी सेवा प्रवाह भईरहेको उनको दावी छ । एउटा शाखा बाहेक सवै शाखाहरु प्रविधि अनुसार अगाडी वढिसकेका छन् ।

1

बैतडीको सिगास शाखालाई पनि अनलाईनमा जोड्ने तयारी भईरहेको छ । निजि क्षेत्रका बैंकहरु आउने क्रम जारी रहेकोमा कृषि विकास बैंकको देशभरी फैलिएको सञ्जाल, कृषि लघु कर्जा तथा एलसी र कर्जामा एक अंकमा झरेको ब्याजदरका बीच सेवामुलक काम दिईरहेको उनी बताउँछन् । 1

4

२०२४ सालमा सहकारीबाट बैंक बनेको कृषि विकास बैंकले विपन्न बर्गलाई विना धितो पन्ध्र लाखसम्मको कर्जा, सीप र कला भएकालाई विना धितो कर्जा, सीप र कला भएका महिला उद्यमीलाई सहुलियत कर्जा लगायतको सुविधा दिईरहेको अवस्थामा त्यस्ता सेवा लिनेहरुले आफ्नो आर्थिक अवस्थामा सुधार ल्याएको प्रदेश निर्देशक पनेरुको दावी छ । 

4

कृषि विकास बैंकबाट नै रिटायर्ड भएका अनिलकुमार उपाध्यायय सिईओको रुपमा आएपछि कृषि विकास बैंकलाई निजि बैंकहरुसँग प्रतिस्पर्धा गर्न अझ सजह भएको उनको अनुभव छ । पछिल्ला दिनहरुमा बैंकमा ठुलो परिवर्तन आएको र व्यवसायिक रुपमा नै अगाडी वढिरहेको उनको तर्क छ ।

4

1

नेपालमै पहिलो पटक कृषि विकास बैंकले किसान क्रेडिट कार्ड ल्याउने तयारी गरिरहेको छ । समय सापेक्ष व्यवसायिक धारणाले नै बैंक यहाँसम्म पुगेको पनेरुको भनाई छ । बैंकिङ जागीर सनि अझै आठ बर्ष बाँकी छ उनको । त्यसपछि सामाजिक काममा अग्रसर हुने उनको योजना छ । आफ्नो क्षमता दक्षता र अनुभवलाई प्रयोग गर्न चाहेमा जुनसुकै सरकारलाई पनि दिन तयार छन् उनी । 

2

4

चार दिदी तीन दाजु भाई गरी उनीहरु सात जना । त्यसमा दिदीहरुको जीवन विवाह गरेपछि आफ्नै तरिकाले चलिरहेको छ । घरको जेठो छोरा उनी । दुवै जना भाई नेपाल विद्युत प्राधिकरणमै सरकारी जागीर गर्छन् । बुबा आमाको निधन भईसकेको छ । वैवाहिक बन्धमा बाँधिएको पनि १४ बर्ष भईसकेको छ उनको श्रीमति पनि नेपाल विद्युत प्राधिकरणकै जागीरे छन् । एक छोरी र एक छोरा छन् उनका । छोरी कक्षा ९ मा र छोरा कक्षा पाँचमा पढ्छन् काठमाण्डौंमा ।

4

अहिलेको वसाई पनि काठमाण्डौंमा नै छ उनको । जागीर गर्दा कहिले कहाँ कहिले कहाँ सरुवा भईरहने । घर परिवारलाई समय दिन नसकिने । श्रीमतिले पनि बुझेका कारण अझ सहज भएको महसुस गर्छन उनी । सुदुरपश्चिम प्रदेशको निर्देशक भएर भरखरै उनले काम थालेका छन् र उनको पालामा कृषि विकास बैंकले सुदुरपश्चिममा थप उचाई पाओस् हाम्रो पनि शुभकामना । 

1