बैंकर परिवारभित्रका एक बैंकर
2020/09/22, 10:49
 
sanjay pun

सीताराम ओझा- ३६ बर्षीय सन्जय पुन सिटिजन बैंकको सुदुरपश्चिम प्रबन्धक भएर धनगढी आएको धेरै भएको छैन् ।  यस अघि नेपालगंजमा रहेका उनी धनगढी आएको एक महिना जति भएको छ । 

2

2

2

बैंकको मिसन र भिजन अनुसार अगाडी बढिरहेका उनी ग्राहकलाई कसरी छिटो सेवा प्रवाह गर्न सकिन्छ भनेर लागिरहेका छन् । उनले राम्ररी बुझेका छन की बैंकहरुको प्रतिस्पर्धामा दौड छिटो छरितो सेवा दिएर नै ग्राहकको मन जित्न सकिन्छ । उनी उद्यमी ग्राहक र बैंकको सहकार्य गर्दै सफलताको बाटोतिर लागिरहेको बताउँछन् ।

1

2

सिटिजन बैंकका सुदुरपश्चिमभरीका ५९ हजार ग्राहकको सेवालाई सिरोपरी गरेका छन् उनले । विपन्न वर्ग, किसान, महिला उद्यमी, लघुवित्त कर्जालाई बैंकले प्राथमिकतामा राखेकोले त्यही निति अनुसारको कार्ययोजना अघि बढाईरहेका छन् । बैंकको वातावरण राम्रो भएको र सबै कर्मचारीलाई उत्प्रेरण दिनका लागि उनी अघि बढिरहेका छन् ।

1

2

सिटिजन बैंक प्रवेश गरेको एक बर्ष मात्रै भएको छ उनलाई । त्यही भएर पनि नयाँ बैंकमा आफ्नो क्षमता देखाउनुछ उनलाई । उनी धनगढी आउनुअघि प्रदेश नम्बर ५ को प्रदेश प्रबन्धकमा सिटिजन बैंकमा एक बर्ष काम गरेर धनगढी आएका हुन् । चुनौतीभित्र सम्भावना खोज्ने बानीका कारण आफुले गरेर देखाउन अठोटमा छन् सन्जय । 

1

1

भैरहवाका उनले बैंकीङ करियर थालेको १२ बर्ष भएको छ । सन् २००८ मा टे«नीको रुपमा बैंक प्रवेश गरेका हुन् । भैरहवाबाट एसएलसी दिएपछि उनले शंकरदेव क्याम्पसबाट ईन्टर र स्नातक पास गरेपछि जागीर थाले । एनआईसी बैंकमा जागीर सुरु गर्दा स्नातक पास भएका उनले वुटबलमा बैंकमा काम गर्दा गर्दै लुम्बीनी वाणिज्य क्याम्पसबाट डिग्री पनि पुरा गरे ।

2

2

बैंकको जागीर पनि सँगै गरे । एनआईसीमा दुई बर्ष काम गरे । त्यहाँ काम गर्दा उनले बैंकका सवै विभागमा काम गरे । केही विभागको नेतृत्व पनि लिए । त्यसपछि उनी ग्लोबल बैंकतिर लागे । चार बर्षसम्म काम गरे त्यहाँ । सिनियर असिस्टेन्ट हुदैं जुनियर अफिसरसम्म वुटबल र भैरहवामा काम गरे ।

2

सन् २०१४ मा उनी जनता बैक भैरहवा शाखामा शाखा प्रबन्धकको रुपमा जागीर थाले । सन् २०१९ सम्म काम गरेर देखाएपछि उनी प्रदेश नम्बर ५ को प्रदेश प्रबन्धक भएर सिटिजन बैंकमा आबद्ध भए । 

2

1

प्रदेश प्रबन्धक भएर नेपालगंजको एक बर्षको वसाईपछि उनी धनगढीमा आफ्नो क्षमता देखाउनका लागि आएका छन र त्यस अनुसार अगाडी पनि वढिरहेका छन् । 

1

1

उनी बैंकर बन्नुको पछाडी पनि घर परिवारका सदस्यहरु बैंकर भएकै कारण हो । बुबा नेपाल राष्ट्र बैंकमा जागीरे । दाई अहिले पनि एसबीआई बैंकमा जागीर छन् । बैंकर फ्लामिलीमा बुबाकै प्ररेणाले उनी बैंकर बनेका हुन् । लक्ष्य विनाको जीवन सफल नहुने भएकोले उनले सानैदेखि नै बैंकरको सपना देखेका थिए ।

1

2

जुन सपना आज उनी यथार्थततामा बदलिरहेका छन् । बैंकिङ क्षेत्रमा सफल हुन उनी लगनसीलता र निरन्तरता हुनुपर्नेमा जोड दिन्छन् । काम गर्दा हिड्ने मान्छे लड्छ भनेझैं काम बिग्रिएमा डराउने होईन त्यसबाट पाठ सिकेर अगाडी बढ्नुपर्ने उनको तर्क छ । अहिले पनि उनको वसाई भैरहवामै छ । हजुरआमा, बुबा आमा, दाई भाउजु, उनकी श्रीमति र एक छोरा एकै घरमा बस्छन् । अर्थात उनको परिवार संयुक्त नै छ । 

1

1

नेपालका धेरै युवाहरु विदेश गईरहेकोमा उनी चिन्तित छन् । युवा वर्गहरुले आफु नै आफ्नो देशमा केही गर्छु भनेर आँटेमा असम्भव केही पनि नरहेको विचार राख्ने सन्जय नेपालमा कामको सुरुवात गर्न नै युवाहरु डराउने बताउँछन् ।

1

1

सुरुवात नै नगरी अगाडी बढ्न नसकिने भएकोले आगामी दिनहरुमा सफल हुनका लागि सुरुवात गर्नुपर्ने उनको भनाई छ । आत्मविश्वासका साथ काम गरेमा सोच अनुसारको काम पनि फत्ते हुने र कसैले पनि हराउन नसक्ने उनको सन्देश छ । सन्जयलाई आगामी दिनको शुभकामना । 

2

2