दाईको अभिभावकत्वले बनेका बैंकर
2020/09/23, 11:10
 
bhojraj bhatta main photo

सीताराम ओझा- भोजराज भट्ट अहिले राष्ट्रिय वाणिज्य बैकको सुदुरपश्चिम प्रदेशको निमित्त प्रदेश प्रमुखको जिम्मेवारीमा छन् । उनले बैंकिङ थालेको साढे १५ बर्ष विताएका छन् । सह–लेखा अधिकृतबाट जागीर थालेका उनी अहिले निमित्त प्रदेश प्रमुखसम्म पुगेका हुन् । काठमाण्डौंमा त्रिभुवन विश्व विद्यालयबाट एमकम पास गरेपछि उनी जिविसमा काम गर्दै बैंकतिर लागेका हुन् ।

2

2

2

बैतडीको साहीलेका भट्टले विरेन्द्र माविबाट एसएलसी, भारतको पिथौरागढबाट ईन्टर, महेन्द्रनगरको सिद्धनाथ वहुमुखी क्याम्पसबाट बीकम हुदै किर्तिपुरको त्रिभुवन विश्व विद्यालयबाट एमकम पास गरे । बैंकर बन्ने सपना बोकेर जागीर नखाएका भट्टले बैंकमा जागीर थाल्नु अघि जिल्ला विकास समिति कञ्चनपुरमा पाँच बर्ष जागीर समेत गरेका थिए ।

2

1

राष्ट्रिय वाणिज्य बैंकमा ६४ जनाका लागि जागीर खुलेको थियो । उनले आवेदन दिए । पास पनि भए । सह–लेखा अधिकृतको रुपमा पहिलो पोष्टिङ भयो नेपालगंज । साढे चार बर्ष नेपालगंजमा काम गरे । त्यहाँबाट बढुवा भएर दिपायल गए । दिपायलमा १० महिना जति काम गरे । फेरि उनको सरुवा नेपालगंज नै भयो ।

2

1

2

दोस्रो पटक पनि साढे चार बर्ष काम गरे । ९ बर्ष वाणिज्य बैंकको जागीर गर्ने क्रममा नेपलगंजमै वित्यो उनको । बढुवा हुदैं सरुवा हुदैं धेरै ठाउँमा काम गरे उनले । जागीरे जीवनमा डडेल्धुरा दुई बर्ष, अत्तरिया दुई बर्ष र बर्दियाको गुलरिया एक बर्ष काम गरे । त्यसपछि उनी पछिल्ला दिनमा वाणिज्य बैंकको निमित्त प्रदेश प्रमुख भएर धनगढीमा काम गरिरहेका छन् । 

2

2

बैंकिङ क्षेत्रमा लागेर राम्रै भएको छ उनको । सन्तुष्ट छन आफ्नो काममा । मानसम्मान ईज्जतको हिसाबले पनि ठीकै ठाउँमा आएको महसुस भएको उनलाई । प्रमोशनमा पनि कहिल्यै पछाडी परेनन् । बैंकमा जागीर गरेर चार जनाको परिवार मज्जाले पाल्न सकिने उनी बताउँछन् । निजि क्षेत्रका धेरै बैंकहरु हुँदा पनि वाणिज्य बैंक प्रति नागरिकको विश्वास बढी पाएका छन उनले ।

2

2

बचतको हिसाबले नागरिकहरुले सरकारी बैंक भएको हिसाबले बढी विश्वास गर्ने र कर्जाको हिसाबले पनि ब्याजदर स्थीर हुने हुँदा नागरिकको बढी विश्वास पाईरहेको ठानेका छन् । सुखमा मात्रै होईन दुःखमा पनि बैंकले साथ दिने अपेक्षा नागरिकले गरेका हुन्छन् भन्छन उनी । 

2

2

विहे गरेको पनि १८ बर्ष वितिसकेको छ भोजराजको । एक छोरी र एक छोरा छन भट्ट दम्पतिका । छोरीले एसईई पास गरिन् । छोरा दशमा पढ्दैछन् । छोराछोरीले भने आफ्नो लक्ष्य निर्धारण गरिसकेका छन् । छोरी डाक्टर बन्ने छोरा कम्प्युटर ईन्जिनियर । अहिले जता सरुवा भयो उतै छ उनको वसाई । बैतडीमै छ भन्छन् उनी ।

2

2

तराईमा वसाई सरेका छैनन् । तर उनको परिवारका अन्य सदस्यहरुको वसाई भने महेन्द्रनगर रहेको छ । उनका जेठा दाजु गणेशदेव भट्ट महेन्द्रनगर बस्छन्  । उनकै अभिभावकत्वले भोजराज बैंकर बनेका हुन् । राष्ट्रिय वाणिज्य बैंकबाट रिटायर्ड भएका दाजुकै कारण यहाँसम्म आईपुगेको बिर्सेका छैनन् उनले । 

1

2

एसएलसीसम्म पढ्दा गाउँमै वाल्यकाल विताए उनले । उनका बुबा व्यापार गर्थे । तर बुबा सफल हुन सकेनन् त्यसमा उनले सोझाबाट व्यापार नहुने रैछ भने त्यतातिर कहिल्यै ध्यान दिएनन् । उनको घर परिवारमा चार जना दाजुभाई दुई जना दिदी वहिनी गरेर ६ जना । उनी सवैभन्दा कान्छा । एसएलसी दिने वेलामा बुबाको निधन भयो । तर उनको पढाईलाई सवैभन्दा जेठा दाईले कहिल्यै रोक्न दिएनन् ।

1

2

उनी पढ्ने बेलामा वझाङ बाजुरातिर पढाउन पाईएला दाईलाई बोझ कम होला साच्थे । तर उनका दाई जहिले पनि पढ्नकै लागि दबाब दिन्थे । उच्च शिक्षादेखि विवाहवारीसम्म पनि दाईले खर्च व्यहोरे । भाईलाई कुनै कुराको कमि हुन दिएनन् । त्यसैको नतिजा अहिले उनी वाणिज्य बैंकको निमित्त प्रदेश प्रमुख पदसम्म आईपुगेका छन् । भोजराज भट्टलाई आगामी दिनको शुभकामना । 

2