
बझाङको मष्टा गाउँपालिका वडा नम्बर २ की १२ बर्षीया बालिका सम्झना कामीको बलात्कारपछि हत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।

बुधबार बेलुका साढे ४ बजे खिकालाबाट पशुचौपया बाँध्न सिमछानामा गएकी बालिकाको हत्यामा संलग्न भएको आशंकामा प्रहरीले सोही ठाउँका १८ वर्षीय राजेन्द्र बोहरालाई पक्राउ गरेको छ।
उनले प्रारम्भिक अनुसन्धानमा घटनामा संलग्नता इन्कार गरेका छन्। निर्वस्त्र सम्झनाको शरीरभरि निलडाम र टाउकोमा चोट थियो। बझाङका प्रहरी नायब उपरीक्षक रुपक खड्काका अनुसार सम्झनाको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल लगिएको छ।

विस्तृतमा रिपोर्ट आइसकेको छैन। प्रारम्भिक रिपोर्टमा बलात्कार खुलेको छ।
2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/01/18, 6:45
2021/08/19, 12:51
2023/07/16, 1:11