सुदूरपश्चिम घर भएका सैनिक जवानको कोरोनाबाट मृत्यु
2020/09/26, 2:53
 
korona

सुदूरपश्चिम घर भएका एक सैनिक जवानको कोरोना संक्रमणबाट मृत्यु भएको छ।

बझाङ घर भइ काठमाडौंमा कार्यररत सैनिक जवानको शुक्रबार मृत्यु भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। 

वीरेन्द्र सैनिक अस्पताल छाउनीको सघन कक्षमा उपचारका क्रममा उनको मृत्यु भएको हो।

असोज ६ गते छारे रोगको लक्षण देखिएपछि आईसीयूमा भर्ना गरिएका उनलाई ८ गते कोरोना संक्रमण भएको पुष्टि भएको थियो। 

बझाङको छबिसपाथिभेरा-१ घर भएका उनी महेन्द्र दल गण नागार्जुन काठमाडौंमा कार्यरत थिए।