अध्यक्ष कुवरद्धारा सिमामा अलपत्रलाई चाउचाउ र पानी सहयोग
2020/05/23, 10:13
 
sima

कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुवरले लकडाउनका बिच भारतका विभिन्न ठाउँवाट सिमासम्म पुगेका नेपालीहरुलाई खाजा खुवाएका छन् । अध्यक्ष कुवरले कैलालीको गौरीफन्टा सिमा नाका सम्म पुगेर अलपत्र परेका ९ सय ३० जना नेपालीहरुलाई चाउचाउ र पानी उपलब्ध गराएका हुन् ।

घर फर्किन पाउने आशामा भोकभोकै सिमा सम्म पुगेका सुदूरपश्चिम सहित विभिन्न प्रदेशका नागरिकहरुलाई सानो भएपनि केही राहत होस भन्ने उद्देश्यका साथ चाउचाउ र पानी वितरण गरेको अध्यक्ष कुवरले बताए । उनले धनगढीमा रहेको दुर्गा टेड्रर्सका सञ्चालक खेम चोखालवाट प्राप्त २१ पेटी चाउचाउ, कैपाल स्टोरका सञ्चालक कृष्ण पाण्डेबाट प्राप्त १० पेट चाउचाउ र लाल टेड्रर्सवाट प्राप्त २५ पेटी पानी सहित थप गरेर ९ सय ३० जनालाई चाउचाउ र पानी वितरण गरिको बताए ।

केही दिनदेखि खाना र पानी समेत नपाएर भोकभोकै सिमा सम्म पुगेका नेपालीहरुले सिमामै चाउचाउ र पानी उपलब्ध गराएमा खुसी हुदै उद्योग वाणिज्य संघका अध्यक्ष कुवरलाई धन्यवाद दिए ।