
जिल्ला अस्पताल बझाङको प्रयोगशाला भएको परिक्षणमा थप २० जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा परिक्षण गरिएका १५९ नमुनाहरमध्ये २० मा संक्रमण पुष्टि भएको छ ।
भने अन्य फ्लोअपमा रहेका ४ जनामा पनि फेरी संक्रमण देखाएको छ । प्रयोगशाला इन्चार्ज नरेश खड्काले २० जना नयाँ संक्रमित र फ्लोअपमा रहेका अन्य ४ जनामा पनि फेरी संक्रमण देखिएको बताए ।
उनले जिल्ला प्रहरी कार्यालय बझाङका एकजना, खप्तडछान्ना गाउँपालिकाका दुईजना, तलकोट गाउँपालिकाका एकजना र मष्टा गाउँपालिकाका १६ जना नयाँ संक्रमित र ४ जना फ्लोअपमा रहेका व्यक्तिहरुको कोरोना पोजेटिभ देखिएको जानकारी दिए ।
परिक्षण गरिएका अन्य १३५ जनाको नतिजा नेगेटिभ आएको छ ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/01/18, 6:45
2021/08/19, 12:51
2023/07/16, 1:11