सुनचाँदी व्यवसायी महासंघ सुदूरपश्चिमको सभापतिमा लामिछाने
2020/09/29, 10:26
 
sun

नेपाल सुनचाँदी व्यवसायी महासंघ सुदूरपश्चिम प्रदेशको दोस्रो प्रदेश सभा तथा प्रथम अधिवेशन सम्पन्न भएको छ। कैलालीको गोदावरीमा भएको अधिवेशनले महासंघको सभापतिमा सन्तोष लामिछानेलाई चयन गरेको छ।

यस्तै उपसभापतिमा सुनिल घिमिरे र गणेश सुनार, सचिवमा रूपक सुनार र सहसचिवमा सकुन्तला सोव चयन भएका छन्। कोषाध्यक्षमा उमेश सुनुवार, सहकोषाध्यक्षमा दिवस जङ स्नेही, सदस्यमा राजकुमार लामिछाने, गणेश पौडेल र दिनेश सोव चयन भएका छन्। 

२०७५ सालमा सुनचाँदी व्यवसायी महासंघ सुदूरपश्चिम प्रदेश कमिटी गठन भएको थियो। राज्यलाई वार्षिक अर्बै रुपैयाँ कर बुझाउँदा पनि व्यवसायीका समस्या सम्बोधन नभएको भन्दै प्रदेश कमिटी गठन गरिएको थियो।