
बझाङमा गरिएको परीक्षणमा थप १५ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा एक सय १ सय २७ जनाको कोरोना परीक्षण गर्दा १५ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि दार्चुलाका १ र १४ जना बझाङका रहेका छन ।
दार्चुलाको लेकम गाउँपालीकाका एक जना, बझाङको खप्तडछान्ना गाउँपालीकाका २ जना,जयपृथ्वीका,मष्टाकाका एक/एक, थलाराका ६, केदारास्युका तिन र बित्थडचिरका एक जना गरि १५ जनामा संक्रमण पुष्टी भएको अस्पतालकाका प्रयोगशाला इन्चार्ज नरेश खड्काले जनाकारी दिए ।
