सुदुरपश्चिमका चार सहित थप ३६ मा कोरोना संक्रमण, संक्रमितको संख्या ५८४ पुग्यो (भिडियो सहित)
2020/05/23, 4:55
 
korona

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा थप ३६ जनमा कोरोना संक्रमण पुष्टि भएको बताएको छ । मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप ३६ जनामा कोरोना पुष्टि भएको बताए ।

प्रवक्ता देवकोटाले सेती अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बैतडीको शिवनाथ गाउँपालिकाका ४ जनामा कोरोना पुष्टि भएको बताए । उनीहरु संक्रमणको आशंकामा सेती अस्पतालको आइसोलेसमा थिए । उनीहरुको आरडीटी रिपोर्ट पोजेटिभ आएपछि पीसीआर विजधिबाट परीक्षण गर्दा पनि पोजेटिभ नै आएको प्रवक्ता देवकोटाले बताए । संक्रमित २० वर्षीय २ जना २२ वर्षीय १ र २७ वर्षीय १ गरी चार पुरुष रहेका छन ।

त्यस्तै कोशी अञ्चलको प्रयोगशालामा गरिएको परीक्षणमा झापाको झापा गाउँपालिकाका डिल्लीराज मावि क्वारेन्टिमा रहेका ३३ वर्षीय पुरुषको रिपोर्ट पनि पोजेटिभ आएको छ । त्यसैगरी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको नमूना परीक्षणमा नरैनापुरको मद्रसाका १७ देखि ३२ वर्षसम्मका ६ जना पुरुष, नरैनपुरको राष्ट्रिय प्रविमा गरिएको नमूना संकलनमा १५ जनाको रिपोर्ट पोजिटिभ आएको हो ।

नरैनापुरकै २२ देखि ५० वगर्षीका ६ जना पुरुष र बर्दियाको बढैया तालका १९ वर्षीय पुरुष र सुर्खेतका दुई पुरुष र १ महिलाको रिपोर्ट पोजेटिभ आएको छ । यो सँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ५८४ पुगेको छ । प्रवक्ता देवकोटाले संक्रमित व्यक्तीको सम्पर्कमा रहेकाको खोजी कार्य सुरु भइसकेको जानकारी दिए ।