
सेती नदीमा पौडी खेल्न गएका एक बालकको डुबेर ज्यान गएको छ। मंगलबार थलारा गाउँपालिका वडा नम्बर ९ मालुमेलास्थित सेती नदीमा ९ वर्षीय बालक दिवश खड्काको डुबेर ज्यान गएको हो।

जिल्ला प्रहरी कार्यालय बझाङले दिएको जानकारी अनुसार बिहान घरबाट निस्केका विवशको दिउँसो कसैले खोजी नगरेको र बेलुकी ६ बजे खोजीका क्रममा शव फेला परेको जनाइएको छ।
विवशले नहाउन भनी कपडा खोलेर किनारमा राखेको हुँदा डुबेर ज्यान गएको हुनसक्ने प्रहरीको भनाई छ। अहिले घटनास्थलमा प्रहरी पुगिसकेको र शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा ल्याइएकोे बझाङ प्रहरी प्रमुख रुपक खड्काले बताए।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/01/18, 6:45
2021/08/19, 12:51
2023/07/16, 1:11