‘प्रदेश सरकार हराएको सूचना’
2020/05/24, 1:25
 
pradesh

सुदूरपश्चिममा पहिलो संक्रमित भेटिएको आज दुई महिना पुग्यो । चैत ११ गते धनगढीका एक युवकमा कोरोना संक्रमण पुष्टि भएको थियो । यी ६० दिनमा प्रदेशले के ग¥यो ? आत्मरतिका लागि उसले कामको फेहरिस्त बनाउन सक्छ । निर्णयहरुको ठेली पस्किन सक्छ । तर उसले सुदूरपश्चिमका जनतामाझ उभिएर दिनसक्ने कुनै एउटा गतिलो काम र जवाफ छैन । सरकारले भन्ला, हामीले कोरोना अस्पताल बनायौ ।

स्थानीय तहलाई बजेट पठायौ । स्वास्थ्यकर्मीहरु र सञ्चारकर्मीहरुको बिमा गर्ने निर्णय गर्यौ । हामीले पीसीआर मेसिन ल्यायौ । कोरोना मुक्त भएको घोषणा ग¥यौ । सेती प्रादेशिक अस्पतालमा आईसोलेसन बेड २४ नै थियो, दुई महिना पहिले । अहिले पनि त्यति नै छन् । अर्थात एक बेड पनि यो दुई महिनामा थपिएन । प्रदेश सरकारले केही पनि काम नगरेपछि यसको चौतर्फी आलोचना भईरहेको छ । प्रदेशवासी र सरोकारवाहरुले सामाजिक सञ्जालमा प्रदेश सरकारले केही आलोचना नगरेको भन्दै चर्को आलोचना हुन थालेको छ । अधिकांशले सामाजिक सञ्जालमा प्रदेश सरकार हराएको र केही काम नगरेको भन्दै टिप्पणीहरु ऋाउन थालेका छन् । 

sitaram

कैलाली बहुमुखी क्याम्पसका प्राध्यापक सीताराम भट्टले प्रदेश सरकार हराएको सुचना फेशवुबमा हालेका छन् । प्रदेश सरकार हराएको सुचनामा उनले अगाडी लेखेका छन्– ‘नेपाल राज्यको सुदूरपश्चिम प्रदेशका लागि चयन भएको प्रदेश सरकार केही महिना अघिसम्म धनगढ़ीका सडकमा बाटो हिंड्ने नागरिकलाई हिलो छ्याप्दै झण्डावाल गाडीमा मस्त गुडिरहेको देखिन्थ्यो । त्यसैले हामीलाई सुपमा पनि सरकार भएको र धनगढ़ी राजधानी भएको दरिलो अनुभूति हुन्थ्यो । कोरोना भाइरसका केशहरू आउन थाले देखि झल्याक झुलुक मात्रै देखिने उक्त प्रदेश सरकार अहिले केही हप्ता यता बेपत्ता छ ।’  भट्टले थपेका छन्– ‘यहाँका नागरिक खोजिरहेछन्, पत्रकार खोजिरहेछन्, मेयरहरू खोजिरहेछन, नाकामा अलपत्र हजारौं सन्त्रस्त मान्छे पनि उक्त सरकारको खोजीमा छन् । तर, सुप सरकार बेपत्ता हराएको छ ! कि त, कतै भाङ् खाएर सुतेको होला । जे होस्, बेपत्ता छ । यदि कसैले कतै भेट्नु भएमा धनगढी भन्सार वारी र पारी भारतबाट सास्ती खेप्दै आएको हजारौं अलपत्र नागरिक कहाँ पुर्याईदिन हुन यो सार्वजनिक सूचना जनहितमा जारी गरिएको छ ।’ भट्टको स्टाटसमा पनि प्रदेश सरकारको आलोचना गरिएका कमेन्टहरु लेखिएका छन् ।

पंकज उपाध्यायले लेखेका छन्– ‘प्रदेश सरकार भनेको हुक्के बैठकै र भारदारी बैठक जस्तो हो । पार्टीमा लागेर बेरोजगार भएकाहरुलाई व्यवस्थापन गर्न बनाएको संरचनाबाट आश गर्नुपनि मुर्खता हो ।’ भट्टले अधिकांश स्टाटस प्रदेश सरकार विरुद्ध नै लेखेका छन् । उनको अर्को स्टाटस यस्तो रहेको छ–‘चीन वा ईटलीमा रहेकालाई हवाईजहाजमा बोकेर ल्याउने तर भारत गएका गरीब नेपालीलाई महिनौंसम्म नाकामा थुनेर पनि चेकै नगरी गाउँगाउँ पठाईदिने ? जनतालाई हेप्नु पनि हद हुन्छ । मान्छेहरु हप्तौंसम्म केही खान नापाएर उल्टै भारतीयहरूको पिटाई खाएर आउनु परेको पीडा कसले बुझ्ने ? धिक्कार छ कथित सरकारहरू ।’ प्राध्यापक डाक्टर हेमराज पन्तले पनि प्रदेश सरकारको केही काम नभएको भन्दै क्रोस पोखेका छन् ।

पन्तले फेशवुकमा लेखेका छन्– भारतवाट आउने गरिव सुपवासीहरुको पलिया, गौरिफन्टामा यस्तो विचल्ली हुँदासम्म तीन तहको सरकार कहाँ छ ? जनताका लागि राजनीति गर्छौ भन्नेहरुलाई लाज लागेको छैन ? तीन तहको होईन घर घरै सरकार भएपनि काम नगर्ने भए पछि के काम लाग्यो ।’ सोही स्टाटसमा कृष्णबहादुर महराले कमेन्ट गर्दै लेखेका छन्–‘सरकार त धौंस देखाउन र तपाई हामीले सकी नसकी तिरेको टेक्समा रजाई गर्नलाई मात्र रहेछ । अलिकति पनि मानवता र नागरिकप्रति उत्तरदायी भएका भए कसैले कराउनु पर्ने थिएन होला । 

arzu

नेपाली काग्रेंसकी नेतृ डाक्टर आरजु राणा देउवाले पनि नेपाल सरकार कहाँ छौ ? भनेर स्टाटस लेखेकी छिन् । उनले स्टाटसमा भनेकी छिन्–‘आज मात्रै २००० भन्दा बढी सुदूरपश्चिमेलीहरु र १५०० भन्दा बढी कर्णालीबासीहरु गौरीफन्टा नाकाबाट नेपाल प्रवेश गरे । वहाँहरुको दुर्दशा हेर्दा यो सरकारसंग प्रश्न गर्न चाहन्छु, खोई त वहाँहरुलाई सुरक्षित राख्ने व्यवस्था गरेको ? खोइ त टेस्टिंग गरेको ? खोइ त क्वारेन्टाइनको उचित व्यवस्था गरेको? यस्तो चर्को गर्मीमा वहाँहरुले सार्है पीडा भोगी रहनु भएको छ । तसर्थ यसमा कुनै विलम्ब नगरी सबैलाई उचित व्यवस्था मिलाई सुरक्षित क्वारेन्टाइनमा राखी आफ्नो गाउँ घर पुग्ने व्यवस्था मिलाइदिनहुन सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’ नेतृ देउवाको लामो फोटो सहितको स्टाटसमा अगाडी भनिएको छ– ‘नागरिकहरुको हेरचाह र सुरक्षा गर्नु सरकारको प्रमुख दायित्व हो । साथै भारत तथा अन्य मुलुकबाट नेपाल आउन चाहनु हुने नागरिकहरुलाई सुरक्षित नेपाल ल्याउने व्यवस्था मिलाउन हुन पनि अपिल गर्न चाहन्छु ।’

bhumi

भुमीराज भण्डारीले फेशवुकमा लेखेका छन्– ‘कानमा तेल हालेर सुतेको प्रदेश सरकार अब उठ्नु प¥यो ।’ ‘सुदुरपश्चिम प्रदेश सरकारको चरम लापरवाही देखिदैछ । सचेत बनौं नालायकहरु’– यो स्टाटस ओम प्याकुरेलले फेशवुकमा लेखेका छन् । त्यसैगरी फेशवुकमा धनवहादुर धामीको स्टाटस यस्तो छ– ‘दुई महिना लकडाउनको कुनै औचित्य रहेन । सुदुरपश्चिम सरकार पिसिआर र आरडिटी नगरिकन हुलका हुल मानिस सम्बन्धित पालिकाकामा  पठाउँदै ।’ पत्रकार हिक्मत रावलले कहाँ लुक्यो प्रदेश सरकार ? कहाँ हराए माननीय ज्युहरु ? भन्दै फेशवुकमा लाईभ गरेका छन् । प्रायः अधिकांश दिन रिर्पोटिङका लागि सीमा नाका गौरीफन्टा पुगेर भिडियो खिच्ने पत्रकार गगन अयडीले पनि स्टाटस लेखेका छन् । उनको स्टाटसमा भनिएको छ– ‘प्रदेश सरकार कता हराएको छ भनेर सुनाई दिनु होला भन्दै थिए ।’ यी त केही प्रतिनिधि स्टाटस मात्रै हुन् । अधिकांश सुदुरपश्चिमवासीहरुले विभिन्न स्टाटस लेख्दै प्रदेश सरकारको विरोध र आलोचना गरेका छन् । 

hikmat

om

dhami