सुदुरपश्चिम अटोमोबाईल्स डिलर्स एसोसिएसन (साडा) को अध्यक्षमा ओझा
2020/10/13, 11:11
 
puskar ojha

कैलाली । सुदुरपश्चिम अटोमोबाईल्स डिलर्स एसोसिएसन ९साडा० को तदर्थ समिति गठन गरिएको छ । नेपाल अटोमोबाइल्स डिलर्स एसोसिएसन ९नाडा० को छाता संगठनको रूपमा साडा गठन गरिएको हो ।


नाडाका संगठन बिस्तार समितिका सभापति तथा पुर्व उपाध्यक्ष प्रकाश कपुरीको अध्यक्षता र धनगढी उपमहानगरपालिका प्रमुख नृप बहादुर वडको प्रमुख आतिथ्यमा साडा सुदुरपश्चिम गठन गरिएको हो ।


नव निर्बाचित साडाको अध्यक्षमा उद्योग बाणिज्य संघ कैलालीका वरिष्ठ उपाध्यक्ष पुष्कर ओझा, उपाध्यक्षत्रय साहनवाज आलम, परशुराम चपाइ, गौरब अग्रवाल, महासचिव श्याम जोशी, सचिव प्रदिप जोशी, कोषाध्यक्ष अभियान खड्का चयन भएका छन । 


त्यस्तै सदस्यहरुमा मसकुर अहमद, श्याम ओझा, प्रेम साउद, राजीब हमाल, महेन्द्र सिंह, समुन्द्र भण्डारी र भुवन भट्ट चयन भएका छन । 
यसैगरी सल्लाहकार सदस्यमा नबिन जोशी, राजेश भण्डारी र राकेश कर्माचार्यलाई चयन गरिएको नव निर्बाचित अध्यक्ष पुष्कर ओझाले बताए ।

1

कार्यक्रममा बोल्दै नाडाका पुर्व उपाध्यक्ष कपुरीले प्रदेश संगठन बिस्तार गर्ने क्रममा प्रदेश नम्बर १, ३ र ४ मा संगठन बिस्तार भैसकेको बताउदै सुदुरपश्चिम प्रदेशमा समेत संगठन बिस्तार गरिएको बताए ।


नव गठित पदाधिकारीहरुलाई शुभकामना तथा बधाई ज्ञापन गर्दै धनगढी उपमहानगरपालिकाका प्रमुख नृप बहादुर वडले भबिस्यमा धनगढी नगरपालिका क्षेत्रमा अटो भिलेजको स्थापना गरिने बताए । उनले यसका लागि डिपिआर समेत तयार भैरहेको बताए ।