सेती अस्पतालमा तीन जना संक्रमितको भेन्टिलेटरमा उपचार हुँदै, चार जना आईसियूमा
2020/10/13, 3:34
 
corona hospital

धनगढी : सुदूरपश्चिम प्रदेशमा लक्षणसहितका कोरोना संक्रमितको संख्या बढ्दै गएको छ। सेती प्रादेशिक अस्पतालले दिएको जानकारी अनुसार लक्षणसहितका संक्रमितको संख्या बढ्दै गएपछि अस्पताल भर्ना हुने बिरामीको संख्या पनि बढेको छ।

प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले अहिले कोरोना उपचार केन्द्रमा ३० जना संक्रमितकोे उपचार भईरहेको जानकारी दिए। उनका अनुसार तीन जना संक्रमितको भेन्टिलेटरमा राखेर उपचार र्भइरहेको छ भने चार जनाको आईसियू र बाँकी २३ जनाको सामान्य वार्डमा उपचार भईरहेको छ।

धनगढी उप महानगरपालिका वडा नम्वर १३ का ५० बर्षीय पुरुष, कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्वर ८ का ३८ बर्षीय पुरुष, महाकाली नगरपालिका वडा नम्वर २ का ७४ बर्षीय पुरुषको भेन्टिलेटरमा उपचार भईरहेको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए। 

उनका अनुसार दार्चुलाको महाकाली नगरपालिकाका ५२ बर्षीय पुरुष, कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्वर ४ का ४३ बर्षीय पुरुष, भीमदत्त नगरपालिका वडा नम्वर १८ का ४६ बर्षीय पुरुष र कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्वर १२ का ५० बर्षीय पुरुषको आईसियूमा उपचार भईरहेको छ।