धनगढी प्रयोगशालाको परिक्षणमा थप ३६ जनामा कोरोना पुष्टि
2020/10/13, 4:24
 
corona

धनगढी प्रयोगशालाको परिक्षणमा थप ३६ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा पाँच सय ४८ जनाको कोरोना परिक्षणमा थप ३६ जनामा कोरोना पुष्टि भएको हो ।

कैलालीका २९ सहित सुदूरपश्चिमका थप ३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा कैलाली, कञ्चनपुर, दार्चुला र डडेल्धुराका गरी ३६ जनामा संक्रमण पुष्टि भएको हो।

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार कैलालीको धनगढी उपमहानगरपालिकाका २६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

उपमहानगरपालिकाको वडा नम्बर १ र ५ का ५/५ जना, वडा नम्बर ८ का ४ जना, वडा नम्बर ३ का ३ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए। यस्तै वडा नम्बर ४, १२, १३ र १५ का दुई/दुई जना, त्यसैगरी वडा नम्बर ६ का एक जनामा पनि संक्रमण पुष्टि भएको उनले बताए।

त्यस्तै कैलालीकै लम्किचुहा नगरपालिका–३, गौरीगंगा नगरपालिका र स्थानीय तह नखुलेका एक/एक जनामा समेत कोरोना पुष्टि भएको सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए। यसैगरी कञ्चनपुरको कृष्णपुर नगरपालिकाका २ जना, त्यसैगरी महाकाली नगरपालिका–२,  पुर्नरवास नगरपालिका–१ र भीमदत्त नगरपालिका–१८ का एक/एक जनामा भाइरसको संक्रमण देखिएको छ। 

त्यस्तै दार्चुलाको नौगाढ गाउँपालिका–२ र डडेल्धुराको अजयमेरु गाउँपालिका– १ का एक/एक जनामा पनि कोरोना पुष्टि भएको बताइएको छ।   पछिल्लो २४ घण्टामा ५ सय ४८ जनाको कोरोना परीक्षण गरिएको बताइएको छ।