
धनगढीमा मोटरसाईकल दुर्घटना हुँदा दुईजना घाईते भएका छन्। धनगढी उप–महानगरपालिका वडा नम्बर ३ स्थित भन्सार–फाप्ला–चटकपुर–राजपुर रिङ रोडमा सुपप्र०२०३ प २३००२ नम्बरको मोटरसाईकल अनियन्त्रित भएर दुर्घटना हुँदा दुई जना घाईते भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा चालक धनगढी उपमहानगरपालिका वडा नम्बर ३ का २९ वर्षीय विष्णु मगराती र पछाडी सवारी सोही ठाउँका ३० वर्षीय राजकुमार अछामी घाईते भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक प्रतिक विष्टले बताए। विष्टका अनुसार चालक समेत रहेका मगरातीको हातखुट्टा र शरिरमा चोट छ भने अर्का घाईते अछामीको हातखुट्टामा चोट लागेको छ।
उनीहरु दुवै जनाको धनगढी स्थित माया मेट्रो अस्पतालमा उपचार भईरहेको छ। मोटरसाईकल अनियन्त्रित भएको दुर्घटना भएको प्रहरीले जनाएको छ।

2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/18, 2:29
2021/07/10, 1:16
2022/03/17, 12:03
2023/04/15, 1:21