कुँवरको अगुवाईमा सिमामा अलपत्र नागरिकहरुलाई खाद्यान्न तथा पानी वितरण
2020/05/25, 7:26

कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कँुवरको अगुवाईमा भारतबाट आएका सिमामा अलपत्र नागरिकहरुलाई खाद्यान्न तथा पानी वितरण गरिएको छ । गन्तव्यमा जान पर्खिनु परेका अलपत्र नेपालीहरुलाई सिमा मै पुगेर ३५ पेटी चाउचाउ र ४० पेटी पानी वितरण गरेको हो ।

वितरण गरिएको खाद्य सामाग्री लायन्स क्लब अफ धनगढी ग्रिन सिटी, सिद्धिबिनायक स्न्याक्स एन्ड न्युडल्सका प्रतिनिधि महेश फुलाराले उपलब्ध गराएका हुन् । लायन्सको २५ र सिद्धि बिनायकको १० गरि ३५ पेटी चाउचाउ वितरण गरिएको हो ।
यस्तै उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवर र कार्य समिति सदस्य महेन्द्रकुमार सिंहले ४० पेटी पानी उपलब्ध गराएका हुन । अध्यक्ष कुँवरले केही दिनदेखि दैनिक रुपमा सिमामै पुगेर राहत वितरण गर्दै आएका छन । उनले सामाजिक उत्तरदायित्व स्वरुप काम गरिरहेको बताए ।

2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/06/30, 10:27
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/26, 8:36
2020/12/20, 6:48
2021/06/03, 5:22
2022/01/17, 11:43
2023/04/28, 1:27