किट सकिएपछि सेती अस्पतालमा कोरोना परीक्षण रोकियो, २ हजार बढी स्वाब थन्किए
2020/10/15, 1:09
 
corona

सेती प्रादेशिक अस्पतालको प्रयोगशाला कोरोना परीक्षण गर्ने किट सकिएको छ । किट सकिएपछि अहिले कोरो परीक्षण बन्द भएको छ । बुधबार राति नै किट सकिएको प्रयोगशाला इन्चार्ज रमेश शाहीले जानकारी दिए  ।

‘१० बजेबाट परीक्षण हुनुपर्ने हो किट नहुँदा परीक्षण रोकिएको छ’ उनले भने ‘किट पुग्दै छ केहि समयपछि सुरु हुन्छ ।’ किट अभावमा पर्याप्त स्वाब परीक्षण हुन सकेको छैन ।

अहिले २ हजार बढी स्वाब परीक्षण नहुँदा थन्किएका छन् ।