बझाङको थलारा गाउँपालिकामा कुमारी बैंकको शाखा, सुदूरपश्चिममा मात्रै १९ शाखा सञ्चालनमा
2020/10/15, 7:16

कुमारी बैंकले बझाङको थलारा गाउँपालिकामा नयाँ शाखा विस्तार गरेको छ। बिहीबार थलारा गाउँपालिकाका अध्यक्ष भुवनेश्वर उपाध्यायले उक्त शाखा उद्घाटन गरे। थलारा गाउँपालिकाको वडा नम्बर ५ मा खुलेको यो शाखा सुदूरपश्चिम प्रदेशको १९ औं र समग्रमा १८७ औं शाखा हो।

यो शाखाबाट स्थानीय, सर्वसाधारण, सरकारी तथा गैरसरकारी कार्यालयसम्मले सेवा लिन सक्ने बैंकले विश्वास गरेको छ।बैंकको सुदूरपश्चिममा १९ वटा शाखा र ८ वटा एटीएम सञ्चालनमा छन्।

देशभर भने १८७ वटा शाखा र १०८ वटा एटीएम, १३ एक्सटेन्सन काउन्टर र २२ वटा शाखा रहित बैंकिङ सञ्जाल रहेको छ।
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/06/30, 10:27
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/26, 8:36
2020/12/20, 6:48
2021/06/03, 5:22
2022/01/17, 11:43
2023/04/28, 1:27