कैलालीकी पत्रकार निर्मला पहराइलाई न्याय दिन माग गर्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गरिएको छ। धनगढीमा आज संयुक्त पत्रकार सम्मेलनको आयोजना गर्दै विभिन्न संघ संस्थाहरुले पहराइ मृत्यु प्रकरणमा दोषीलाइ उन्मुक्ती दिने षड्यन्त्र भएको भन्दै संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ।
पहाराईको हत्या आरोपमा पक्राउ परेका उनका प्रेमी भनिएका ललित जाग्रीलाई धरौटीमा छाडिएको, शव परीक्षण रिर्पोट समेत गलत भएको भन्दै आन्दोलन गर्न बाध्य भएको मृतकका दाजु विशाल पहराइले बताए।
आन्दोलनका कार्यक्रम अन्तरगत आज दिउँसो २ बजेदेखि पूर्व पश्चिम राजमार्ग सहित कैलालीका सबै क्षेत्रमा अनिश्चितकालका लागि यातायात बन्द गर्ने, सुखडमा ¥याली सहित प्रदर्शन गर्ने, टायर बाल्ने तथा अनिश्चितकालिन चक्का जाम गर्ने कार्यक्रम तय भएको मिशन अम्बेडकर नेपालका अध्यक्ष मनोज जैगडीले बताए।
गत ३१ भदौमा घरबाट हराएकी पहराई असोज २ गते कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर ५ को सामुदायिक वनमा मृत अवस्था फेला परेकी थिईन्। रेडियो कैलालीमा कार्यरत पहराई र उनका सहकर्मी समेत रहेका जाग्रीबीच प्रेम सम्बन्ध थियो। प्रेम सम्बन्धकै कारण जाग्रीले उनको हत्या गरेको भन्दै कारावाहीको माग गर्दै पविारले कर्तव्य ज्यान मुद्दा दायर गरेका थिए।
घोडाघोडी नगरपालिका वडा नम्बर १ की पहराइको हत्या आरोपमा पक्राउ परेका जाग्री एक लाख धरौटी बुझाएर रिहा भएका छन्। हत्या आरोपी जाग्री र उनकी अर्की प्रेमी भनिएकी धना साउँदलाई एक÷एक लाख धरौटीमा छाड्न आदेश दिएको थियो।
उक्त आदेशपछि जाग्री एक लाख धरौटी बुझाएर रिहा भएपनि जाग्रीकै प्रेमिका भनिएकी साउँद भने धरौटी बुझाउन नसकेपछि कारागार चलान भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएो छ।