
बझाङमा जीप दुर्घटना हुँदा ४ जना घाइते भएका छन्। जिल्ला सदरमुकाम चैनपुरबाट तल्कोट गाउँपालिकाका लागि हिडेको जीप जयपृथ्वी नगरपालिका–११ भोपुर आर्मी व्यारेक नजिक दुर्घटना हुँदा ४ जना घाइते भएका हुन। घाइते मध्ये एक जनाको अवस्था गम्भीर छ।

टाउको र शरीरमा चोट लागेर गम्भीर बनेका जयपृथ्वी नगरपालिका–११ का २१ वर्षीय अग्निराज जोशीलाई जहाज मार्फत उपचारका लागि धनगढी लगिएको छ। भने, अन्य सामान्य घाइतेको जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको छ।
अन्य घाइते हुनेमा मष्टा ४ का ४२ वर्षीय सवारी धनी शेरबहादुर थापा, सुर्मा घर भएका २३ वर्षीय सवारी चालक सुयोग बोहरा र जयपृथ्वी नपा ११ का २० वर्षीय भरत जोशी रहेका छन्। उनीहरू ३ जनाको जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/01/18, 6:45
2021/08/19, 12:51
2023/07/16, 1:11