प्रदेश सरकारले २२ हजार कोरोना परीक्षण किट किन्दै
2020/05/25, 11:01
 
sima

विश्व व्यापी महामारीका रुपमा फैलिएको कोरोना भाईरसको रोकथाम तथा नियन्त्रणमा उलेख्य भूमिका खेल्न नसकेको आरोप खेपिरहेको सुदूरपश्चिम सरकारले आवश्यक समाग्री खरिदको प्रक्रिया अगाडी वढाएको छ । सामाजिक विकास मन्त्रालय मातहतको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले ढिलै भएपनि कोरोना भाईरसको परीक्षणका लागि आवश्यक पर्ने किट लगायतका स्वास्थ्य समाग्री खरिदको प्रक्रिया अगाडी वढाएको हो ।

कोरोना परीक्षणका लागि २० हजार ¥यापिड  किट र दुई हजार पीसीआर किट गरी २२ हजार किट लगायतका अन्य स्वास्थ्य सामाग्री खरिदको प्रक्रिया थालेको केन्द्रका फार्मेसी सुपरभाईजर जयन्द्र बोगटील बताए । उनका अनुसार आपूर्ति व्यवस्थापन केन्द्रले कोरोना शंकास्पद विरामीको थ्रोट स्वाबको नमूना संकलनका लागि चाहिने दुई हजार भिटिएम, स्वास्थ्यकर्मीको व्यक्तीगत सुरक्षार्थ आवश्यक पर्ने पीपीई सेट पाँच सय र एक हजार केएन–९५ मास्क खरिदका लागि जेठ ७ गते बोलपत्र आह्वान गरिएको थियो ।

आईतबार बेलुका ५ बजे सम्म बोलपत्र पेस गर्ने अन्तिम समय तोकिएकोमा पाँच जना आपूर्तिकर्ताको बोलपत्र पेश गरेका छन् । अब ती बोलपत्रको प्राविधिक मूल्याङकन गरी आपूर्तिकर्ता छनौट गर्दै ठेक्का प्रक्रियामा लैजाने तयारी रहेको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले जनाएको छ ।