युवा एकता समाजको अध्यक्षमा अधिकारी
2020/10/17, 9:39
 
धनगढी उपमहानगरपालिका वडा नम्बर १ बसन्त टोलमा रहेको युवा एकता समाजको अध्यक्षमा दिपेन्द्र अधिकारी चयन भएका छन् । 


धनगढी – धनगढी उपमहानगरपालिका वडा नम्बर १ बसन्त टोलमा रहेको युवा एकता समाजको अध्यक्षमा दिपेन्द्र अधिकारी चयन भएका छन्। 

समाजको सातौँ साधारण सभाले अधिकारीको अध्यक्षतामा १५ सदस्य नयाँ कार्यसमिति चयन गरेको हो। 

समाजको उपाध्यक्षमा धनबहादुर बम, सचिवमा अनिल कुमार गोयल, कोषाध्यक्षमा बल बहादुर श्रीमाल चयन भएका छन् । 

यस्तै सदस्यमा राजन मिश्र, हरिश विष्ट, कुष्ण चन्द, अमिर गहतराज, सुरेश नाथ, हरि बोहरा, सन्तोष बोहरा, विनोद शाह, अजुन पार्की र रमेश चयडा चयन भएका छन् ।

समाजले सल्लाहकारमा खडक विश्वकर्मा, दिपु श्रीमाल , सुरेन्द्र बोहरा, धिरेन्द्र बम, अर्जुन तिरुवा, भरत साउँद, विरेन्द्र सिंह र सुरत बमलाई चयन गरेको छ । 

साधारणसभामा धनगढी उपमहानगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष सन्तोष मुडभरी प्रमुख अतिथि रहेका थिए। 

नयाँ कार्यसमितिले आज टोलमा सरसफाई गर्नुका साथै घरघरमा स्वास्थ्य सामग्री पनि वितरण गरेको छ।