कविता– ‘हाम्रो त्यो ईतिहास अव्वल’
2020/05/25, 11:36
 
ganesh nepali

हाम्रो त्यो ईतिहास अव्वल शत्रू ढाल्ने सधैं युद्धमा ।
हेरेरै बसिदैन होस रण गर्छौं अन्तिमै सम्ममा ।।
मातृभूमी सिमा विवाद कति धेरै उठ्दै रह्यो यहाँ ।
राष्ट्रको गरिमा बढाउन सकेको त्याग हो साथमा ।।

उर्ली यो लहु बग्दछ तनभरी लाग्दछ झम्टी रहुँ ।
ब्वाँसो नज्दिक भए छिमेक कसरी आराम होला भनुँ ।।
बोल्ने गौरव देखियो ठिक गरे ब्वाँसो निराशै भयो ।
अत्यावश्यक होशियार हुनु बेला कठोरै छ यो ।।

विश्वको बिचमा नेपाल छ धरा सर्बोच्च स्थानै यहाँ ।
लोभीले सब ठाउँमा नजर गाडी जाल बुन्दै उता ।।
काट्नै पर्छ सबै ती जाल उसका जिस्काउने चाल त्यो ।
पूर्खाको इतिहास खोज अनि रेखा तान नक्सा छ जो ।।

स्वतन्त्र हुनुको सधैं छ गरिमा विश्व समूदायमा ।
ईर्ष्या गर्छन छद्म रूप यसरी की थाह हुन्नै यता ।।
ताक्यो बुद्ध र त्यो शिला सगरमाथा हो उसैको भनी ।
लाजै छैन छिमेक तिर रहौं हामी होशियार बनी ।।

पूर्खाले रणमा लडे अनि चिनाए देश संसारमा ।
गोर्खाली जनको सहास हेर चल्यो नाम संसारमा ।।
आयो सान बढाउने समय हाम्रो एकतामै रही ।
जालीको भर पर्नुपर्छ अमल यो छोड कर्ता बनी ।।

सुस्तामा लिपु लिम्पिया छन अनेकौ ठाम गिद्धै उडे ।
जे जस्तो छ जहाँ सबै कसम खाई देशबासी जुटे ।।