
कैलालीमा पूर्वपश्चिम राजमार्ग अन्तर्गत सुखड खण्ड बन्द गरिएको छ । मोटरसाइकललाई ठक्कर दिने बस व्यवसाय समितिका प्रतिनिधिहरू सम्पर्कमा नआएको भन्दै राजमार्ग बन्द गरिएको हो। बस समिति सम्पर्कमा आई वार्ता हुने वातावरण भए सडक खोल्ने उनीहरूको भनाई छ ।

बुधवार बसको ठक्करबाट मोटरसाइकलमा सावर लम्की चुहा नगरपालिका ९ की भागरथी रेग्मीको ज्यान गएको थियो । जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ मा पूर्व तर्फ जाँदै गरेको सुप प्र ०१००१ ख ३००९ नम्बरको बसले सोही दिशामा जाँदै गरेको से १ प ९५७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक राम बहादुर चौधरीको भने अस्पतालमा उपचार भइरहेको छ ।

2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/09/27, 8:36
2022/06/07, 12:05
2023/09/05, 1:56