सशस्त्र प्रहरी नायब निरीक्षक टेरले जिते कोरोना
2020/10/24, 12:23
 
corona

धनगढीमा कार्यरत सशस्त्र प्रहरी नायब निरीक्षक किसन सिह टेरले ९ दिनमै कोरोना जितेका छन् । गत असोज ३० संक्रमण पुष्टि भएका टेरले ९ दिनमै कोरोना जितेका हुन् । सेती प्रादेशिक अस्पताल प्रयोगशालामा शनिबार गरिएको परीक्षणमा टेरको रिर्पोट नेगेटिभ आएको हो ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण कैलालीमा कार्यरत सशस्त्र प्रहरी नायब निरीक्षक टेरले संक्रमण देखिएपछि कोरोनासँग लड्न उच्च मनोबल राख्न प्रेरित गर्ने सबैलाई धन्यवाद दिए । लक्षण सहितको संक्रमण देखिएतापनि उच्च मनोबल राखेर सहजै कोरोना परास्त गर्न सफल भएको उनले बताए ।

उनले कोरोनासँग नडराउन तर सचेतना अपनाउन आग्रह गर्दै संक्रमण देखिएपछि जथाभावी औषधी सेवन नगर्न, खानपानमा विशेष ध्यान दिन पनि आग्रह गरेका छन् । कोरोना संक्रमण रोकथाम तथा जोखिम नियन्त्रणका लागि धनगढी क्षेत्रमा डिउटीमा खटिएका बेला संक्रमण भएका टेर अहिले पनि सेल्फ आइसोलेसनमा बसिरहेका छन् ।