सुदूरपश्चिममा कोरोनाबाट थप १ जनाको मृत्यु, जिल्ला अस्पताल बझाङको आकस्मिक बाहेकका सेवा बन्द
2020/10/25, 2:35

सुदूरपश्चिममा कोरोनाबाट थप १ जनाको मृत्यु भएको छ । जिल्ला अस्पताल बझाङमा उपचारका क्रममा मृत्यु भएका जयपृथ्वी नगरपालिका वडा नम्बर ८ बारिलका २८ वर्षीय युवकमा संक्रमण पुष्टि भएको हो ।

श्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल भर्ना भएका युवकको शनिबार बिहान मृत्यु भएकोमा संक्रमण पुष्टि भएको जिल्ला अस्पताल बझाङका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर सन्दिप ओखेडाले बताए । उनी झण्डै १ हप्तादेखि अस्वस्थ्य थिए । उनमा संक्रमण पुष्टि भएपछि अस्पतालले आकस्मिक बाहेकका सेवा बन्द गरिएको जनाएको छ ।
यो सँगै सुदूरपश्चिममा मृतकको संख्या ३२ पुगेको छ । यस्तै मृतक चालकका गाडी धनीमा समेत कोरोना संक्रमण पुष्टि भएको छ । श्वास फेर्न गाह्रो हुने, ज्वरो आउने लगायतका लक्षण देखिएपछि उनलाई धनगढी रेफर गरिएको छ ।

2025/05/12, 11:56
2025/05/12, 11:54
2025/05/12, 11:53
2025/05/12, 11:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/05/27, 2:49
2020/08/24, 9:32
2021/02/07, 11:02
2022/08/21, 4:21