सुदूरपश्चिममा संक्रिय संक्रमितको संख्या १७३० जना, ७५३५ जना डिस्चार्ज
2020/10/26, 10:56
 
corona

सुदूरपश्चिम प्रदेशका बिभिन्न जिल्लामा संक्रिय संक्रमितको संख्या १ हजार ७ सय ३० पुगेको छ ।  प्रदेश स्वास्थ्य निर्देशनालय डोटीका अनुसार सबैभन्दा धेरै कैलालीमा ८ सय ६७, डोटीमा १ सय ५६, कञ्चनपुरमा १ सय २७, बझाङमा १ सय ६५, अछाममा ८१, बैतडीमा ४१, डडेल्धुरामा ८०, दार्चुलामा १ सय ८८, बाजुरामा ६ र प्रदेश बाहिरका जिल्लामा १९ जना कोरोनाका संक्रिय संक्रमित रहेका छन ।

सुदूरपश्चिमबाट हालसम्म ७ हजार ५ सय ३५ जना डिस्चार्ज भएका छन । आईतबार कैलालीबाट ४, कन्चनपुरबाट ४ जना र डडेल्धुराबाट १ जना डिस्चार्ज भएका छन ।  सुदूरपश्चिममा  ७ सय ५१ जनाको स्वावको रिर्पोट आउन बाकी रहेको सामाजीक बिकाश मन्त्रालयले जनाएको छ ।