सुदुरपश्चिमका योजना मन्त्री झपट बोहोरको विवास्पद अभिव्यक्तीले संसदमा हंगामा, अमेरिकाको झण्डा अंकित रुमाल रोष्टमको माईक्रोफोनमा झुण्डाए (भिडियो सहित)
2020/05/26, 7:36
 
jhapat

सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहोराले मंगलबार सञ्चालन भएको बैठकमा गैर जिम्मेवारीपन देखाएका छन् । प्रदेश सभाको छैठौं अधिवेशनको पहिलो बैठकमा बोल्दै प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले कालापानी, लिपुलेक र लिम्पीयाधुरा नेपालको विवादित भुमी भएको बताएका छन् । उनले उने —‘प्रदेश सभाको बिशेष समयमा बोल्दै विवादित भुमिलाई आफ्नो हो भनि दावा पेस गरेकोमा प्रदेश सरकारको तर्फबाट धन्यवाद दिन चाहान्छु ।’
यद्यपी नेपाल सरकारले सो भुभागलाई समावेश गर्दै नयाँ नक्सा सार्वजनिक सकेको छ ।

यसरी संघीय सरकारले कालापानी, लिपुलेक र लिम्पीयाधुरालाई समावेश गर्दै नयाँ जारी गरिसकेको अवस्था नक्सा प्रदेश सरकारका जिम्मेवार मन्त्रीले प्रदेश सभामा विवाद भुमी भन्दै सम्वोधन गरी गैरजिम्मेवारीपन देखाएका छन् । मन्त्री बोहरा सभामा सम्बोधन गर्दा गर्दै प्रदेश सासंदहरुले आपत्ति जनाएका थिए । पुर्व सामाजिक विकास मन्त्री तथा सासंद दिर्घ सोडारीले आपत्तिजन अभिव्यक्ती दिएको भन्दै आपत्ति जनाए । उनले कालापानी, लिपुलेक र लिम्पीयाधुरा विवादित भुमी नभएर नेपालको सार्वभौमिक भुमी भएको बताउदै मन्त्रीको गैर जिम्मेवारी अभिव्यक्ती सच्याउन आग्रह गरे । 

यस्तै मन्त्री बोहराले प्रदेश सभामा बोल्ने क्रममा सुरुमै संयुक्त राज्य अमेरीकाको झण्डा भएको रुमाल रोष्टमको माईक्रोफोनमा झुण्डाए । प्रदेश सरकारका मन्त्रीेले अमेरिकाको झण्डा झुण्डाएर सम्बोधन गर्दै गर्दा प्रदेश सभा सचिवालका सचिव राम सिहं धामीले रोष्टमको माईक्रो फोनबाट झिकेका थिए । यसरी प्रदेश सभा सञ्चालन हुदै गर्दा बाह्य मुलुकको झण्डा ल्याएर प्रदेश सभामा प्रर्दशन गर्नुले प्रदेश सरकारका मन्त्री कतिसम्म गैरजिम्मेवार रहेछन् भन्ने प्रमाणित हुन्छ । 
यस्तै देशभर अमेरिकाबाट प्राप्त करिब ५५ अर्ब रुपैयाँ बराबरको अनुदान सहयोग मिलेनियन च्यालेञ्ज कर्पोरेसन (एमसीसी) सम्झौताको विरोध चलिरहेको बेला प्रदेश सरकारका मन्त्रीले अमेरिकाको झण्डा ल्याएर सभाको रोष्टममै प्रर्दशन गर्नु संकाशस्पद बिषय बनेको छ ।