सुदूरपश्चिमको लोगोमा लिम्पियाधुरा, योजना मन्त्री बोहराको विवादित भनाई रेकर्डबाट हटाईयो (भिडियो सहित)
2020/05/26, 7:44
 
bohara

सुदूरपश्चिम प्रदेशभित्र पर्ने दार्चुलाको कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रलाई विवादित क्षेत्र भनेपछि प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहोराको भनाइ रेकर्डबाट हटाईएको छ ।

प्रदेश सभाको नयाँ लोगोमा समेत सो भूभाग समावेश गरिसकेको सुदूरपश्चिम प्रदेश सरकारले सरकारकै बहालवाला मन्त्रीले विवादित भनेपछि उनको भनाई प्रदेश सभाको रेकर्डबाट हटाईएको हो ।

प्रदेश सभाको मंगलवारदेखि शुरू भएको छैठौं अधिवेशनको पहिलो बैठकमा मन्त्री बोहोराले प्रदेश सरकारको आव २०७७÷२०७८ को विनियोजन विधेयक प्रस्तुत गर्ने क्रममा सो कुरा बोलेका थिए । लगत्तै सत्तारुढ दलकै प्रदेशसभा सदस्य दीर्घबहादुर सोडारीले नियमापत्ति जनाएका थिए ।

प्रदेश सभा सदस्य सोडारीको नियमापत्तिपछि सभामुख अर्जुनबहादुर थापाले उनको भनाई हटाउन निर्देशन दिए । बोहोराको हर्कत र अभिव्यक्ती हाम्रो युट्युब च्यानलमा हेर्न सकिन्छ ।