पाँच वर्षदेखि पोखरी रित्तो जमिन बाँझै
2020/10/30, 9:31
 
pokhari

सिँंचाइ गर्न पाँच वर्ष पहिले पोखरी बनाइयो । तर पोखरीमा अहिलेसम्म पानी भर्न सकिएको छैन । पोखरी रित्तो छ । जमिनबाँझै छ ।
अमरगढी नगरपालिका–७ पोखराको नानिभट्गाउँ क्षेत्रमा २०७२ सालमा पोखरी निर्माण गरिएको थियो । पोखरी निर्माणकै क्रममा पोखरा क्षेत्रका स्थानीयले विरोध गरे । तीन लाख लागत रहेको पोखरी निर्माण थालिएपछि रोक्न लगाइएको थियो । तर पोखरी निर्माणको काम रोकिएन । लगभग पूर्णरूपमा पोखरी निर्माण त गरियो, तर पानी हाल्न सकिएन ।

यस क्षेत्रमा आकाशे पानीको भरमा खेतीपाती गरिन्छ । बर्खामा खेतीपाती गरिए पनि हिउँदे खेतीपाती भने सिँचाइ अभावमा गरिँदैन । पोखरा बजारसम्म ल्याइएको पानी फेरि खोलामै झर्छ । तत्कालीन अवस्थामा सिँंचाइ कार्यालयको रकमले पोखरी निर्माण गरिएको स्थानीय गगन भण्डारीले बताए । पोखरा सिंँचाइ योजनाअन्तर्गत नै पोखरी निर्माण थालिएको उनले बताए ।पोखरा सिँचाइ योजना २०२९ सालदेखि सुरुवात भएको थियो । यस क्षेत्रका करिब १० गाउँमा सिँंचाइ गर्ने योजनाअनुसार योजनाको शुभारम्भ भएको थियो । तर पोखरा बजार क्षेत्र शेराखेत भएका स्थानीयले गर्ने विरोधका कारण योजनाले पूर्णता नपाएको उनले बताए ।

पोखरा बजार छेउमा बनाइएको पोखरी फुटेपछि १२ वर्ष यता जीर्ण छ । जीर्ण पोखरीको छेउमा एउटा गैरसरकारी संस्थाले बनाइदिएको सानो पोखरीले शेराखेत र आसपासका क्षेत्रको जमिनमा सिंँचाइ गरिन्छ । तरकारी खेती पनि गरिन्छ । तर यस क्षेत्रका सबै गाउँमा सिँंचाइ पु¥याउने योजना भने पूर्ण हुन सकेको छैन । पोखरा सिंँचाइ योजनालाई शेराखेत भएका भण्डारी, कैनी, भट्टराई र शाहुहरूको विरोधका कारण विस्तार हुन नसकेको स्थानीय दत्तराज जैशीले बताए ।

नानिभट्टगाउँ क्षेत्रमा पोखरी निर्माण गर्दा पोखरा सिँंचाइ योजनाका अध्यक्ष जैशी थिए । पोखरी निर्माणको काम सुरु गरिए पछि रोक्न लगाइएको थियो । तर पोखरी निर्माणको काम भने रोकेनौ । उनले भने, “पछि पाइपलाइन विस्तार हुन नसक्दा पोखरीमा पानी हाल्न सकिएको छैन ।

यस क्षेत्रको जमिनबाँझै छ । यो पोखरीमा पानी भर्न सके भट्टगाउँसँंगै ऐरीगाउँ, भन्तनगाउँ, ओखरमुनिलगायतका अन्य गाउँको गरी हजारौं रोपनी जमिनमा सिँंचाइ गर्न सकिन्छ । पोखरा बजार क्षेत्रका स्थानीयले पानी लैजान अवरोध गर्ने गरेका कारण पोखरीमा पानी हाल्न नसकिएको स्थानीय मान भण्डारीले बताए । भट्टगाउँ क्षेत्रका लागि पानी लैजान २०६० सालमा पाइप दबाउँदा स्थानीयले आफ्नो जमिनमा पाइप गाड्न दिएका थिएनन् । त्यसपछि पनि पाइप गाड्न खोज्दा पोखरा क्षेत्रका स्थानीयले अवरोध गर्ने गरेको उनको भनाइ छ ।