
बझाङ जिल्ला घर भएकी पुजा नेपालीले पलियाको क्वारेन्टाईनमा बच्चा जन्माएकी छिन् । बलदेव वैदिक इन्टर कलेज पलिया खिरीको क्वारेन्टाइनमा मंगलवार दिउँसो उनले बच्चा जन्माएकी हुन् । श्रीमान दिनेश नेपालीसँग दिल्लीबाट पलिया पुगेकी थिईन् ।

दिउँँसो प्रशब पीडा भएपछि भारतीय कर्मचारीले सामुदायिक स्वाथ्य केन्द्रमा भर्ना गराएका थिए । उनको समान्य डेलिभरी भएको र पुजा नेपालीले छोरालाई जन्म दिएकी छन ।

आमा र बच्चाको स्वास्थ्य अवस्था सामान्य छ । सुत्केरीलाई पलियाको सोही क्वारेन्टाईनमा अलग्गै कोठाको व्यवस्था गरिएको छ । पलिया स्थित भारतीय सरकारी कर्मचारी आशिष कुमार सिंहले अस्पताल भर्ना गराउनेदेखि लिएर बच्चा लाई कपडा र मिठाई पनि उपलब्ध गराएका छन । उनी बझाङकी स्थानीय हुन ।
2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/05/25, 8:47
2020/09/23, 8:44
2023/06/06, 10:02