थप ९० जनामा कोरोना पुष्टि, संक्रमित ७७२ पुगे
2020/05/26, 11:55
 
korona

नेपालमा थप ९० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या सात सय ७२ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार मङ्गलबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ, प्रादेशिक प्रयोगशाला रुपन्देही, सेती प्रयोगशाला र पोखरामा गरिएको परीक्षणमा ९० जनामा सङ्क्रमण पुष्टि भएको हो । 

मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाका अनुसार मङ्गलबार सबैभन्दा धेरै कपिलवस्तुका २६ जनामा सङ्क्रमण देखिएको छ । त्यस्तै रौतहटका २२, सुर्खेतका १२, बाँकेका आठ, सिरहाका पाँच र बाराका तीन जनामा सङ्क्रमण देखिएको हो । साथै महोत्तरी, जुम्ला, गुल्मी, अर्घाखाँची र स्याङ्जाका दुई दुई जनामा तथा धनुषा, रुपन्देही, कैलाली र अछामका एक एक जनामा सङ्क्रमण पुष्टि भएको हो ।

अब नेपालका ४६ जिल्लामा सङ्क्रमण देखिएको छ । अहिलेसम्म कोरोना सङ्क्रमितमध्ये एक सय ५५ जना निको भएका छन् भने चार जनाको ज्यान गएको छ ।