प्रदेश सभा बैठकमा किन सन्किए सांसद सोडारी (भिडियो सहित)
2020/05/27, 7:18
 
sodary

पूर्व सामाजिक विकास मन्त्री तथा प्रदेश सभा सदस्य दिर्घ सोडारी प्रदेश सभा बैठकमै सन्किएका छन् । प्रदेश सभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले लिम्पियाधुरा, लिपुलेक र कालापानीको बारेमा बोल्ने क्रममा ‘विवादित भूमि’ भन्ने शब्द प्रयोग गरेपछि प्रदेश सभा सदस्य सोडारी आपत्ति जनाउदै कड्किएका हुन् । उनले लिम्पियाधुरा, लिपुलेक र कालापानी विवादित क्षेत्र हुदै होईन भन्ने जिकिर समेत गरेका छन् ।

प्रदेश सभा सदस्य सोडारीले नेपालको नक्सामा समेटिएको भूमि विवादित नभइ भारतले जबरजस्ती कब्जा गरेको भूमि रहेको उल्लेख गर्दै मन्त्रीले बोलेको सो शब्दलाई संसद्को रेकर्डबाट हटाउन माग गरेका थिए । सभामुख अर्जनबहादुर थापाले सोडारीको माग वमोजिम ‘विवादित’ भन्ने शब्दलाई रेकर्डबाट हटाउन सम्बन्धित कर्मचारीलाई निर्देशन दिएपछि त्यो रेकर्डबाट हटाईएको छ ।