कञ्चनपुरमा ठगी गर्ने ४८ व्यवसायीलाई कारवाही, ३५ जनालाई कैद र १३ जनालाई जरिवाना तोकियो
2020/05/27, 10:30

जिल्ला प्रशासन कार्यालय, कञ्चनपुरले ४८ जना व्यापारीलाई कारबाही गरेको छ । लकडाउनको समयमा पनि अवैध तरिकाले व्यापार व्यवसाय सञ्चालन गरेको भन्दै ४८ जना व्यापारीलाई कारवाही गरिएको हो ।

प्रशासनले संक्रमण ऐन अनुसार एक सय रुपैयाँ जरिवानादेखि २० दिनसम्मको कैद सजाय तोकेको छ । समान्य लापरवाही गर्ने १३ वटा फर्मले सय रुपैयाँ जरिवाना तिरेका छन । १७ वटाले गम्भीर त्रुटि गरेकाले सञ्चालकलाई १५ दिनको कैद तोकिएको छ भने अति गम्भीर लापरवाही गरेको ठहर गर्दै १८ वटा फर्मका सञ्चालकलाई २० दिन कैद गरिएको प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले बताए ।

उनका अनुसार जनस्तरबाट विभिन्न किसिमले ठगिएको र पसलहरुमा तोकिएको सुरक्षा मापदण्डहरु पालना नभएको गुनासो आएपछि कार्यालयले वैशाख २९ देखि ५ गतेसम्म बजार अनुगमन गरिएको थियो ।
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/06/30, 10:27
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/26, 8:36
2020/12/20, 6:48
2021/06/03, 5:22
2022/01/17, 11:43
2023/04/28, 1:27