सुदूरपश्चिम प्रदेशमा प्रभावकारी बन्दै आयुर्वेद चिकित्सा 
2020/11/07, 7:42
 
ayrbed

सुदूरपश्चिम प्रदेशमा आयुर्वेद चिकित्सा प्रभावकारी बनाउन सरकारले नागरिक आरोग्य केन्द्र स्थापना देखि ५० शैय्याको आयुर्वेद अस्पताल संचालनमा ल्याउने तयारी गरेको छ ।  प्रदेशका विभिन्न स्थानिय तहहरुमा ३३ वटा आयुर्वेद औषधालय र विभिन्न जिल्ला तथा स्थानिय तहहरुमा २२ वटा  नागरिक आरोग्य सेवा केन्द्र स्थापना गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको हो ।

प्रदेशमा २ आयुर्वेद औषधालय (महाकालि र सेती) र ७ वटा पहाडी जिल्लामा आयुर्वेद स्वास्थ्य केन्द्र रहेका छन् । विभिन्न जिल्ला तथा स्थानिय तहहरुमा स्थापना गरिएका नागरीक आरोग्य सेवा केन्द्रले ओपिडी सेवापुर्वकर्म सेवा स्वस्थ्य जिवन कार्यक्रम संचालन (योग सहित) , पुर्वकर्म (स्रेहनर स्वदेन) सेवाहरु संचालन भइरहेको समाजिक विकास मन्त्रालयका अस्पताल विकास तथा चिकित्सा सेवा महाशाखाका आयुर्वेद चिकित्स डा. चेतराज जोशीले बताए ।

५० बेडको आयुर्वेद अस्पताल निर्माणाधिन सुदूरपश्चिम प्रदेशमा ५० बेडको आयुर्वेद अस्पताल निर्माणाधिन अबस्थामा छ । कैलालीको धनगढी उप–महानगरपालिकाको राजपुरस्थित निर्माण भईरहेको आयर्वेद अस्पतालको ९५ प्रतिशत काम सम्पन्न भएको छ । सुदूरपश्चिम प्रदेशमा आयुर्वेद चिकित्सालय स्थापना तथा संचालनको लागि आ.ब २०७७-०७८ मा प्रदेश सरकारबाट २ करोड विनियोजन भएको थियो ।  आयुर्वेद चिकित्सालय स्थापनातथा संचालनको लागि आर्थिक मामिला तथा योजना मन्त्रालयबाट अस्थायी दरबन्दी स्वकृतिको सहमति प्राप्तभएको र अस्थायी दरबन्दी स्वकृतिको प्रस्ताव मन्त्रीपरीषदमा लैजाने समाजिकबिकास मन्त्रालय ले जनाएको छ । आयुर्वेद अस्पतालबाट इएम् सेवा, क्ष्एम् सेवा,पुर्वकर्म-पञ्चकर्म सेवा, प्राकृतिक चिकित्सा, होमियोेप्याथी र अकुपंचर सेवा प्रदान गरिने  मन्त्रालयले जनाएको छ ।

प्रदेशका २ आयुर्वेद औषधालय र ७ जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रबाट १ लाख ९० हजारभन्दा बढी सेवाग्राही लाभान्वित भएका छन् ।  मन्त्रालयकाअनुसार आयुर्वेद औषधालय (महाकालि र सेती ) को वित्तिय प्रगति ५५.८४ प्रतिशत र जिल्लाआयुर्वेद स्वास्थ्य केन्द्र (७ वटा) को वित्तिय प्रगति ७६.६७प्रतिशत रहेको छ । सुदुरपश्चिम प्रदेशमा आयुर्वेदिक औषधालय तथा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रबाट नियमित इएम् सेवा, स्वस्थ जीवन कार्यक्रम (योगाअभ्याससहित जीवनशैली परामर्श सेवा), पूर्वकर्म र पंचकर्म सेवा, जेष्ठ नागरिकलाई अश्वगन्धा आदि रसायन औषधी वितरण, स्तनपायीआमालाई दुग्धबर्धक औषधी, शतावरी वितरण, सेती र महाकाली आयुर्वेद औषधालय बाटप्याथोलोजी(ल्याव) सेवा सुरुवात, नसर्ने रोग व्यवस्थापन कार्यक्रमअन्तर्गत गाउँघर क्लिनिक कार्यक्रम संचालन, विशेषज्ञ आयुर्वेद स्वास्थ्य शिविर संचालन सेवाहरु प्रदान हुँदै आएका छन् ।