धनगढीबाट रारा उडेकाहरु प्रकृतिसँग रमाउँदै (फोटो कथा )
2020/11/07, 9:36
 
rara

धनगढीमा हवाई यात्रामा नेपालकै सबैभन्दा ठूलो र प्रसिद्ध तालको रुपमा रारा ताल घुम्न गएकाहरु प्रकृतिसँग रमाईरहेका छन् । आन्तरिक पर्यटकहरुलाई लक्षित गर्दै समिट एयरको पहिलो धनगढी–ताँल्चा उडानबाट रारा पुगेकाहरु प्रकृतिसँग रमाईरहेका हुन् ।

2

2

2

2

1

सुदूरपश्चिमका पहाडी जिल्लाहरु अछाम, बैतडी, डोटी र मंगलसेनमा धनगढी वेस भएर उडान भर्दै आएको समिट एयरले धनगढी–ताँल्चा उडान पनि थपेको हो । शुक्रबार पहिलो दिन १८ जना समिट एयरको उडानबाट रारा घुम्न गएका थिए ।  रारा घुम्न चाहनेहरुको रहरलाई पुरा गर्नका लागि यो उडानले सहज पारेको छ ।

2

2

2

4

हवाई यात्रासँगै दुई दिन र एक रातको खाना आवास सहितको सुविधा पनि दिईएको राराका लागि धनगढी प्रतिनिधि दिपक बमले  जानकारी दिए । उनका अनुसार हप्तामा एक उडान धनगढी–ताँल्चा हुनेछ । 

1

2

1

2

1

2

2

1

मुगुको ताँल्चा विमास्थलबाट दुई घण्टाको पैदल यात्रापछि रारा पुग्न सकिन्छ । खाने वस्ने सहितको यात्रा २३ देखि २५ हजारसम्मको प्याकेजमा ल्याउने गरी उडान थालिएको हो । पहिलो दिनको उडानमा कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवर सहित संघका पदाधिकारीहरु र उनीहरुका परिवारका सदस्यहरु, बैंकर लगायतका १८ जना रारा घुम्न गएका छन् । उनीहरु शुक्रबार र शनिबार रमाएर फेरि समिट एयरकै उडानबाट धनगढी फर्किनेछन् । 

2

1

1

यसअघि नेपालगंज भएर वा काठमाण्डौं लगायत भएर रारा जानका लागि हवाई यात्रा गर्नुपर्ने वा सडक बाटो भएर जानुपर्ने अवस्था रहेको थियो । धनगढी–ताँल्चा हवाई सेवा सुरु भएसँगै अब धनगढीमा सहज रुपमा आनन्दमयी राराको यात्रा गर्न सकिने युवा पर्यटन व्यवसायी तथा राराका लागि धनगढी प्रतिनिधि दिपक बमको विश्वास रहेको छ । 

1

2