कैलालीकी मधु क्षेत्री, जस्को गायकीमा चर्चित बन्यो ‘सोचेझैँ जिन्दगी रैनछ’
2020/11/10, 2:22
 
madhu

कोरोना भाईरसको संक्रमणपछि एकाएक जीवनशैली फेरियो । परम्परा पनि फेरिए । हरेक बर्ष आउने चाडपर्व खल्लो हुन थाले । आत्मियता बढाउन गरिने भेटघाट घातक हुने अवस्था आइलाग्यो । कोरोना संक्रमण बढ्दै गएको अवस्थामा भदौमा तीज आउँदै थियो । तर कोरोना भाईरसको संक्रमणले तीज मनाउन पाइएको थिएन् ।

सोही समयमा बजारमा ल्याइएको थियो, ‘सोचे झैँ जिन्दगी रैनछ।’ यो गीतको सफलतासंगै चर्चामा आएकी छिन् गायीका मधु क्षेत्री पनि । हुन त संघीय राजधानीमा बसेर सांगीतीक क्षेत्रमा जम्नका लागि मधुले संघर्ष गर्न थालेको दशक बढि भईसकेको थियो । तर उनको जीवनमा ‘सोचेझैँ जिन्दगी रैनछ’ बोलको गीन भने टर्निङ प्वाइन्ट नै भयो । उनैले गाएका सो गीतका शब्द उनको जीवनमा पनि मिल्दो थिए । उनी सयौँ पटक लड्दै उठेकी छिन् । 

२०४७ सालमा कैलालीको चौमालामा जन्मिएकी क्षेत्रीको बाल्यकाल भने चौमालामै बित्यो । बाल्यकालदेखि नै ठाडी भाका, डेउडा गीत गाईरहन्थिन् उनी । गाउँका विभिन्न सांगीतिक कार्यक्रम, प्रतियोगिता र विद्यालय स्तरीय प्रतियोगितामा सहभागी हुन्थिन् उनी । स्थानीय स्तरमा हुने विभिन्न प्रतियोगितामा कहिल्यै दोश्रो नहुने मधुसंग प्रतिष्पर्धा गर्न आट गर्ने कमै थिए । 

एसएलसी उत्तिर्ण भएपछि क्षेत्रीको १५ बर्षको उमेरमै २०६१ सालमा बिवाह भयो । त्यस्को एक बर्षपछि उनले छोरीलाई जन्म दिईन् । तर बैवाहिक जीवन भने उनको सुखद हुन सकेन् र मधु ‘सिंगल मदर’ भएर बस्न थालिन् । डेढ बर्षीय छोरीलाई लगेर उनी संघीय राजधानी काठमाडौंँ पसिन् । छोरीको पालनपोषणसंगै आफ्नो लक्ष्य पूरा गर्न उनी राजधानी छिरिन् । तर उनको लक्ष्य भने गायिका बन्नु थिएन् ।

उनी बैदेशिक रोजगारीका लागि काठमाडौँ पसेकी थिईन् । त्यो समयका छोरीलाई पाल्नका लागि उनले कहिले भाडा माझिन त कहिले काठमाडौँमा गल्लीमा भोकभोकै रात कटाईन् । सानैदेखि गीत गाईरहने भएकाले मधुले दोहोरी साँझमा गाउन थालिल् । दोहोरी साँझबाटै हुने आम्दानीले छोरीलाई पढाउन थालिन् भने आफु सांगीतीक क्षेत्रमा संघर्ष गर्न थालिन् । दोहोरी साँझमा काम गर्न पनि उनलाई सजिलो थिएन् । 

कति दोहोरी साँझबाट त उनी रातारात निकालिईन् पनि । तर पनि क्षेत्रीले कहिले पनि हार मानिनन् । दोहोरी साँझमा गीत गाउँदै गर्दा पनि थाहा थिएन मधुलाई कुनै दिन आफु नेपाली सांगीतिक आकासको चम्किलो तारा बनेर देश बिदेशमा आफ्नो नाम चम्काउछु भनेर । तर निरन्तर साधनाको परिणामले मधुले आफ्नो नाम राष्ट्रकी एक चर्चाकी गायिकाको रुपमा दर्ज गर्न सफल भएकी छिन् । उनले यो अवधिमा ल्याएका दर्जन गीतले स्रोता दर्शकको मन जितेको छ । मधु गायन क्षेत्रका अलावा मोडलिङमा पनि आफ्नो परिचय बनाईरहेकी छिन् ।

लगातारको साधना पश्चात उनले “जवानी छल्कियो ” बोलको गीत चर्चित गायक मिलन लामासंग गाएर औपचारिक गायन सुरुवात गरिन् मधुले । पहिलो गीतले राम्रै बजार पाएपछि उनि यो क्षेत्रमा थप हौसीयन र पछि ब्युटी ब्युटी , पिरतीमा एकका जस्ता दोहोरी गीतहरु बजारमा ल्याईन् । व्यावसायिक कलाकार बन्न स्वर मात्र भएर पुग्दैन भन्ने सोचाइ भएकी मधुले गायन क्षेत्रमा स्वर प्रमुख कुरा भए पनि साधना र प्रस्तुतीकरण पनि उत्तिकै महत्वपूर्ण भएको बताउछिन ।

उनी भन्छिन्, ‘बैदेशिक रोजगारीमा जानका लागि काठमाडौँ छिरेकी थिए । १३ बर्षको कठोर सघर्षपछि अहिले सा.ग्तिक क्षेत्रबाटै धेरै स्रोता दर्शकको माया पाएकी छु । अब सांगीतीक क्षेत्रमै संक्रिय भएर जीवन बिताउछु ।’ ‘सोचेझैँ जिन्दगी रैनछ’ गीतमा उनको स्वर मात्रै छैन् सो गीत उनकै लगानीमा बजारमा आएको हो । त्यो गीतले सांगीतीक क्षेत्रमा उनको पहिचान छुट्टै बनाइदिएको छ । यो गीतमा युवट्युवमा एक करोड ३० लाख बढिले हेरिसकेका छन् ।