धनगढीकी सुनिता नेपाल गोल्डेन आइडलको उत्कृष्ट ७ मा, जिताऔँ अभियान सुरु
2020/11/12, 6:16
 
sunita

धनगढीकी सुनिता चन्दरा गोल्डन स्टार मल्टिमेडिया प्रालिले आयोजना गरेको सातौँ सस्करणको नेपाल गोल्डेन आइडलको उत्कृष्ट सातमा पुगेकी छिन् ।

कोरोनाको प्रभावले अवरुद्ध भएको आइडल फेरी सुरु भएकोमा धनगढी उपमहानगरपालिका वडा नम्वर १८ की सुनिता चन्दरा उत्कृष्ट सातमा पुगेकी हुन् । उनी उत्कृष्ट सातमा पुग्ने सुदूरपश्चिमकी एक्ली प्रतिस्पर्धी हुन् ।

गोल्डेन आइडल गायन तथा नृत्य विधामा हुँदै आएकोमा चन्दरा भने गायनतर्फ उत्कृष्ट सातमा पुगेकी हुन् । यस्तै आज धनगढीमा पत्रकार सम्मेलन गर्दै सुनिता जिताऔँ अभियानको समेत थालनी गरिएको छ । पत्रकार सम्मेलनमा चन्दराले सुदूरपश्चिमबाट आफू एक्ली प्रतिस्पर्धी भएको बताउँदै जिताउन आग्रह गरिन् ।

उनका दाई रमेशले सुदूरपश्चिमको सान र मानका लागि पनि सुनितालाई जिताउन आग्रह गरे । सुजितालाई एसएमएसबाट NGI SC17 टाईप गरेर 33001 मा भोट गर्न सकिनेछ । साथै गोल्डेन स्टारको मल्टिमिडिया एपबाट पनि उनलाई भोट गर्न सकिनेछ । उत्कृष्ट ५ मा पुगेपछि सिधै फाईनल हुने आइडलको विजेताले १० लाख नगद पाउनेछन् ।