धनगढीको चौराहामा चौलानी मिनी मार्ट सञ्चालनमा
2020/11/14, 2:10
 
corona

चौलानी गु्रप अफ कम्पनीजले आजदेखि धनगढीको चौराहामा पहिलो शाखा चौलानी मिनी मार्ट सञ्चालनमा ल्याएको छ । धनगढीको चौराहा क्षेत्रका ग्राहकको सुबिधा र सहजताका लागि चौराहामा एक करोड रुपैयाको लगानीमा चौलानी डिपार्टमेण्टल स्टोरको शाखा सञ्चालनमा ल्याएको चौलानी गु्रप अफ कम्पनीजले जनाएको छ ।

2

धनगढी उपमहानगरपालिकाका प्रमुख नृप बहादुर वडले चौलानी मार्टको रिवन काटेर उद्घाटन गरे । मेयर वडले ग्राहकहरुको माग र सुबिधालाई मध्यनजर गर्दै सुदूर पश्चिममा पहिलो डिपार्टमेण्टल स्टोर सञ्चालन गरेर चौलानी गु्रप अफ कम्पनीजले एकै छानामुनी सबै सेवा सुबिधा प्रदान गरेकोमा धन्यवाद दिए ।  काठमाण्डौंलाई केन्द्र बनाएर शुरु भएका व्यापारिक प्रतिष्ठान तथा डिपार्टमेण्टल स्टोरहरुलाई चौलानी गु्रप अफ कम्पनीजले डिपार्टमेण्टल लगायतका सेवाहरु सचालन गरेर सुदूर पश्चिम पनि संभावनाको खानी हो सन्देश दिएको मेयर वडले बताए । 

4

चौलानी गु्रप अफ कम्पनीजले डिपार्टमेण्टल स्टोरसंगै, निको रेष्टुरेण्ट, चौलानी पुस्तक भण्डार, स्वीमीङ पुल, रेडमड कफि सप सञ्चालन गरिरहेको छ । चौलानी गु्रप अफ कम्पनीजका अध्यक्ष मानसिंह साउँदले तिहारपछि धनगढीको मोती चौकमा दोस्रो मिनी मार्ट र चौलानी डिपार्टमेण्टल स्टोरको परिसरभित्र साउना स्टिम, जुम्बा सहितको फिटनेश सेन्टर पनि संचालनमा ल्याउने तयारी भईरहेको जानकारी दिए । उनले डिपार्टमेण्टल परिसरभित्र कन्फ्रेस हल र पिज्जा स्टेसन पनि सञ्चालनमा ल्याउने तयारी भईरहेको बताए । 

2