क्रान्तिका महानायक चे ग्याभेराः नेपालका बामपन्थीले पाठ सिकुन्
2020/11/15, 12:13
 
saurav joshi

क्रान्तिका महानायक चे ग्याभेरा संसारभरिका श्रमजिवी मजदुरहरुका ढुकढुकी हुन । अर्जेन्टिनामा जन्मेर क्युबामा क्रान्ति सम्पन गरि बोलिभियाको जंगलमा सहादत प्राप्त गरेका चेलाई धेरै युवाहरुले आदर्शको प्रतिकको रुपमा लिने गर्दछन । उनका सिधान्तलाई मात्र नभएर उनको पहिरनलाई पनि धेरै युवाहरुले पछ्याउँछन ।  

उनको जन्म १४ जुलाई १९२८ मा अर्जेन्टिनाको रोजारियोमा भएको थियो । मध्यम वर्गीय अर्जेन्टिनी परिवारमा जन्मेका उनी परिवारका सबैभन्दा जेष्ठ सुपुत्र थिए । सन् १९४८ मा उनि बुनोस आयर्स युनिभर्सिटीमा मेडिकल शिक्षा प्राप्त गर्नका लागि भर्ना भए । मेडिकल पढ्दै गर्दा उनले अल्बर्टो ग्र्यनागोसंग उत्तर अमेरिकाको भ्रमण गरे । १९५३ मा उनले मेडिकल शिक्षा हासिल गरिसकेपछि ल्याटिन अमेरिकी देशहरुको भ्रमण गरे । त्यसक्रममा उनले पुँजीवादी र साम्राज्यवादी नीतिका कारण ती राष्ट्रहरुमा जनताले भोगनुपरेको पिडा देखे । सन् १९५४ को ग्वाटेमालाको राजनीतिमा पनि उनी सक्रिय भए । 

2

जब ग्वाटेमालामा  जाकोबा  अर्बेन्जÞको  निर्वाचित  सरकारलाई सिआइएले  सैन्य शक्ति लगाएर ढाल्यो त्यसपछि उनी मेक्सिको भागेर गए । मेक्सिकोमा उनको भेट क्युबाका निर्वासित क्रान्तिकारीहरुसँग हुन पुग्यो, जसका नेता थिए फिदेल कास्त्रो । त्यसबेला क्युबाको सत्ता अमेरिकाको समर्थन पाएका पÞmुल्जेनसियो बाटिस्टाको हातमा थियो । बाटिस्टाले त्यसबखत क्युबामा तानाशाही प्रवृतिले शासन गरिराखेका थिए । बाटिस्टाको शासन बिरुद्धको क्रान्तिको अगुवाई फिदेलले गरेका थिए । क्युबामा चलि राखेको विभेद र तानाशाही हटाउनका लागि  चे र फिदेलको सहमती भयो । त्य्सपछि उनी सन् १९५६ मा पानी जहाँज छाडेर घाइते क्रान्तिकारीहरुको उपचार गर्न क्युबाका पहाडतिर लागे ।

सेप्टेम्बर १९५८  मा बतिस्टा सरकारको सैन्य हारमा पनि उनको ठुलो भूमिका छ । फेब्रअरी १९६१ मा उनी क्युबाको उद्योग मन्त्रीको रुपमा नियुक्त भए । त्यसपछि उनले कम्युनिस्ट पार्टी अफ क्युबाको केन्द्रिय नेताको रुपमा काम गरे । त्यस बाहेक उनले क्युबा सरकारको प्रतिनिधि भएर विभिन्न अन्तराष्ट्रिय मञ्चहरुमा सहभागी भए । सन् १९६५ मा उनले कंगोमा चलिरहेको क्रान्तिको समर्थनको लागि गोरिल्ला समुहको नेतृत्व गरे । क्युबा फर्केपछि फेरी उनले  बोलिभियाको लागि गोरिल्ला समुहको गठन गरे । त्यसबखत बोलिभियामा सैन्य शासन चलिरहेको थियो । बोलिभिया गएपछि त्यहाँ चलिरहेको सामन्तवाद र तानाशाही बिरुद्ध आन्दोलन गरे । अक्टोबर ८,   १९६७ मा अमेरिकाद्वारा तालिम प्राप्त बोलिभियाली सैनिकहरुले उनलाई घाइते बनाएर आफ्नो कब्जामा लिए र त्यसको एक दिनपछि उनको हत्या भयो । 

यसरी समाजको लागि लडेको एक महान् क्रान्तिकारीको अन्त्य हुन पुग्यो ।  उनको भौतिक शरीर यस संसारमा नरहे पनि उनका सिद्धान्तहरु जीवित नै छन । आफुलाई कम्युनिष्ट र सर्वहारा वर्ग भन्ने नेपालका बामपन्थीहरुले उनको  जीवनवाट  पाठ सिक्नुपर्छ । हिजो आफुलाई माक्सवादी, माओवादी र लेनिनवादी भन्नेहरुको सिद्धान्त आज मार्सी चामलको अगाडी झुकेको छ । त्यसैले नेपालका बामपन्थीहरुमाथि जनताको भरोसा उठेको छ । फेरी त्यो भरोसा जोगाउन र समाजवादको बाटो अगि बढाउन अबका युवाहरुले ग्याभेराको सिद्धान्त अंगालेर अघि बढ्नुपर्छ ।