आज फेरि रगताम्य सपना देख्दैछु
यी पानामा घृणा, पक्षेताप, आक्रोश अनि वेदना लेख्दैछु
कोर्दैछु अनि मेट्दैछु केही अपशब्दहरु
फेरि तोड्दै छु मौनता अनि सल्काउँदैछु स्थगित द्धन्दहरु
तिम्रो आश्वासनले विकृति टर्दैन
भयो तिमीले सान्त्वना दिनु पर्दैन
निभाएको खरानी जलाएर हरबार
तिमीले पनि बहाना बनाउन जानेकै छौ सरकार...
लुछिएर चुँडिएर बर्बाद हुँदा चेलीहरु
चिच्याउँदैनौं तिमी किन बोल्दैनन् तिम्रा ठेलीहरु
कहाँ छन् औंला उठाएर जय नेपाल भन्नेहरू
नकारेर राजतन्त्र सत्ताधिश बन्नेहरु
तिम्रा गोली बारुदहरुले अपराधीलाई मेट्दैन र ?
न्याय दिने अदालतले न्यायलाई नै भेट्दैन र ?
वीरताका कुरा गर्दै छापेर अखवार
तिमीले पनि बहाना बनाउन जानेकै छौ सरकार...
कहिलेसम्म निको बनाउँछन् तिम्रा गफ रूपी मलमहरुले
अब एउटै प्रश्न सोध्ने छन् हजारौं कलमहरुले
वर्षौं बितिसक्दा पनि कहाँ छ हत्यारा ती नानीको
अन्त्य हुनेछैन तिमीले लुकाउन खोजेको कहानीको
कहिलेसम्म रुन्छिन् आमा कति कठोर बन्छ बाबु
नग्न भई झुक्छ मुलुक कहिलेसम्म तिम्रो सामु
एक एक गरी तोड्दै फोड्दै रित्याएर बालुवाटार
तिमीले पनि बहाना बनाउन जानेकै छौ सरकार ...